ठुटेवर संरक्षण तथा विकास समितिको अध्यक्षमा पौड्याल

शान्तिनगर । झापा बुद्धशान्ति ६ शान्तिनगरमा रहेको ठुटेवर विकास तथा संरक्षण समितिको अध्यक्षमा शिव कुमार पौड्याल सहित ११ सदस्य समिति चयन भएको छ । ऐतिहासिक महत्व बाकेको धार्मिक, साँस्कृतिक तथा पर्यटकीय रुपले प्रसिद्ध ठुटेबरको विकास तथा संरक्षण समितिको अध्यक्षमा पुन शिव कुमार , उपाध्यक्षमा प्रदिपदेव खतिवडा, सचिवमा सोमनाथ पौड्याल, सहसचिवमा पुस्कर पौड्याल र कोषाध्यक्षमा खुरहरी ढकाल चयन हुनु भएको छ । 
शनिबार ठुटेबर परिषरमा आयोेजित भेलाले सदस्यहरुमा चित्र बहादुर राई, शिरोमणी गुरुङ्ग, केशव पराजुली महिला सदस्यमा रमा अधिकारी, अम्बिका देवकोटा खतिवडा र प्रमिला परियार चयन गरेको हो ।
नवनिर्वाचित अध्यक्ष पौड्यालले आगामी कार्यकाल पनि विगतमा झै स्थानियको साथ पाएमा प्राथमिकताको आधारमा पाएको जिम्मेवार पुरा गर्ने प्रतिवद्धता जनाउनुुभयो । त्यस्तै प्रमुख अतिथि वाड नम्बर ६ का वडाध्यक्ष शम्भु प्रसाद पौड्यालले नवगठित समितिलाई त्यस क्षेत्रको विकासका लागि गुरुयोजना बनाई कार्य गर्न सफल बनोस भन्दै आगामी कार्यकालको शुभकामना व्यतm गर्नुभयो । उहाँले ठुटेबर लगायत शान्तिनगमा र बुद्धशान्तिमा रहेका पर्यटकिय स्थलहरुको विकास र संरक्षणमा गाँउपालिकाले विशेष पहल गरेको बताउनुभयो । त्यसैगरि संस्थाका आजीवन सदस्उ दिपक गौतम र निर्वाचन मण्डलका संयोजक उदय चन्द्र कोइराला र योगेन्द्र चौलागाँईले नवनिर्वाचित सदस्यलाई सफल कार्यकालको शुभकामना दिनुभयो ।
नवगठित समितिले वडा समितिसँग छलफल गरि आगामी शनिबार दिउँसो आमभेला राखि मेला आयोजक समिति गठन गरिने नवनिर्वाचित अध्यक्ष शिव कुमार पौठ्यालले जानकारी दिनुभयो । उहाका अनुसार प्रत्येक वर्षको कात्तिक पूर्णिमा र वैशाख पूर्णिमाको दिन लाग्दै आएको मेला १० वर्षे माओवादी द्धन्दकालसंगै बन्द भएको थियो । गत ४ वर्ष अघिदेखि यो स्थानको पहिचान र विकासका लागि स्थानियले पुन मेला शुरु गरेको हो ।
मेला आयोजक समिति गठन गरेपछि मेलाको तयारी तिब्ररुपमा गरिने सहसचिव पुस्कर पौठ्यालले बताउनुभयो । स्थानीय स्तरमा उपलब्ध कृषि सामाग्रीको प्रोत्साहन तथा त्यहाँको साँस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न मेला सहयोगी बन्ने अपेक्षा रहेको छ । मेलामा आन्तरिक तथा बाह्रय पर्यटक भित्राउन रोटे पिङ्ग, विभिन्न कृषि सामाग्रीका स्टल र राष्ट्रिय स्तरका कलाकारका ेप्रस्तुती रहने छ ।

प्रतिकृया दिनुहोस

शान्तिनगरको ऐतिहासिक ठुटेबर मेला मङ्शीर ४ गते देखि लाग्दै ।

शान्तिनगर । झापाको बुद्धशान्ति–६ स्थित ठुटेबर परिषरमा लाग्दै आएको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय रुपले प्रसिद्ध ठुटेबर मेला मङ्शीर

मेची नदी किनारमा छठ पर्वको तयारी तीब्र

नेपाल भारतको सीमावर्ती नाकासँग जोडिएको झापाको भद्रपुरस्थित मेची नदीमा मनाइने छठ पर्वको तयारीलाई तीव्र बनाइएको छ। भारतको बंगाल तथा विहार गरी दुई

फाल्गुनन्द जयन्तीमा सार्वजनिक बिदा

झापाको दमक नगरपालिकाले आइतबार फाल्गुनन्द जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाको नगरसभाबाटै फाल्गुनन्द जयन्तीका दिन सार्वजनिक