पीपीएलमा धनगढीकाे जित, विराटनगर ७८ रनले हार्‍याे

कास्की – पाेखरा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा धनगढी ब्लुजले पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा धनगढीले विराटनगरलाई ७८ रनले हरायो ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले २० ओभरमा १८२ रनमा अलआउट भयो । टिमको स्कोर ८ रन हुँदा पहिलो विकेट गुमाएको धनगढीले १३ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका दुबै ओपनर सन्दिप सुनार ९ तथा डेन लरेन्स दुई रनमा आउट भए । त्यसको लगत्तै दिलिप नाथपनि ८ रनमा आउट भएपछि धनगढीले ३८ रनमा तेस्रो विकेट गुमायो ।

त्यसपछि दिपेन्द्र ऐरी र विदेशी खेलाडी पिटर ट्रेगोले चौथो विकेटका लागि ६० रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हाले । तर दिपेन्द्र २९ रनमा आउट भएपछि धनगढीले ९८ रनमा चौथो विकेट गुमायो । तर त्यसपछि सस्तैमा दुई विकेट गुमाउदा धनगढीले एक सय २३ रनमा ६ विकेट गुमायो ।

सन्दिप जोरा १२ रनमा आउट भए भने मन्जित श्रेष्ठ एक रनमा पेभेलियन फर्किए । धनगढीका लागि पिटरले ५३ रनको योगदान गरे । अन्तिममा सौरभ खनालले विस्फोटक ४१ रन बनाए । उनले १२ बलमा दुई चौका र ५ छक्का प्रहार गरे । बलिङ तर्फ जितेन्द्र मुखियाले चार विकेट लिए ।

जवाफमा विराटनगर १६ ओभर चार बलमा एक सय चार रनमा अलआउट भयो । खराव सुरुवात गरेको विराटनगरले १३ रन हँदा पहिलो विकेट गुमायो । ओपनर प्रदिप ऐरी मात्र चार रनमा पेभेलियन फर्किए ।

त्यसपछि टिमको स्कोर ३९ रन हुँदा अर्का ओपनर सुनिल धमला २१ रनमा पेभेलियन फर्किए । विराटनगरको स्कोर ४६ रन हुदा राजु रिजाल मात्र ५ रनमा बाहिरीए । एकपछि अर्को विकेट गुमाएको बिराटनगरका पाकिस्तानी खेलाडी मुहम्मद जेइद आलम १९ रनमा आउट भए भने एन्र्डु सुबिक्सनपनि १८ रनमा पेभेलियन फर्किए ।

किशोर महतो नौ, राजेश पुलामीमगर दुई, पुष्प थापा दुई रनमा आउट भए । बलिङ तर्फ डेन लरेन्सले तीन तथा दिपेन्द्र ऐरीले दुई विकेट लिए । यस्तै जितेन्द्र मुखीया नौ रनमा आउट भए ।

प्रतिकृया दिनुहोस

फाल्गुनन्द गोल्डकप : दार्जिलिङकाे रोयल एफसीलाई हराउँदै आर्मी फाइनल प्रवेश

पाँचथर - पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा भारतको रोयल एफसी क्लब दार्जिलिङलाई २–१ गोल अन्तरले पराजित गर्दै

टोटनह्यामकाे अप्रत्यासित हार, लेस्टर पनि पराजित

पुस १५, २०७५ टोटनह्याम हस्टपुरलाई इंग्लिस प्रिमियर लिग उपाधिहोडमा गम्भीर धक्का लागेको छ। शनिबार भएको खेलमा टोटनह्याम अन्तिम १८ मिनेटमा वेल्भेससँग ३

मोउरिन्होलाई प्रशिक्षक पद बचाउने अन्तिम मौका

इंग्लिस प्रिमियर लिगमा एक साता पछि फेस्टिभ सिजन सुरु हुँदैछ । क्रिसमस त्यसपछि नयाँ वर्षका कारण लिग केही साताका लागि रोकिनेछ । यो बीचमा प्रिमियर लिग