पीपीएल क्रिकेट : धनगढी ब्लुजले विराटनगरलाई दियाे एक सय ८३ रनकाे लक्ष्य

unn.prixa.net

पाेखरा प्रिमियर लिग क्रिकेट अन्तर्गत तेस्रो दिनको खेलमा धनगढी ब्लुजले विराटनगरलाई एक सय ८३ रनकाे लक्ष्य दिएकाे छ ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले २० ओभरमा १८२ रनमा अलआउट भयो । टिमको स्कोर ८ रन हुँदा पहिलो विकेट गुमाएको धनगढीले १३ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका दुवै ओपनर सन्दीप सुनार ९ तथा डेन लरेन्स दुई रनमा आउट भए ।

त्यसको लगत्तै दिलिप नाथ पनि ८ रनमा आउट भएपछि धनगढीले ३८ रनमा तेस्रो विकेट गुमायो । त्यसपछि दिपेन्द्र ऐरी र विदेशी खेलाडी पिटर ट्रेगोले चौथो विकेटका लागि ६० रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हाले । तर दिपेन्द्र २९ रनमा आउट भएपछि धनगढीले ९८ रनमा चौथो विकेट गुमायो ।

त्यसपछि सस्तैमा दुई विकेट गुमाउँदा धनगढीले एक सय २३ रनमा ६ विकेट गुमायो । सन्दीप जोरा १२ रनमा आउट भए भने मन्जित श्रेष्ठ एक रनमा पेभेलियन फर्किए । धनगढीका लागि पिटरले ५३ रनको योगदान गरे । अन्तिममा सौरभ खनालले विस्फोटक ४१ रन बनाए । उनले १२ बलमा दुई चौका र ५ छक्का प्रहार गरे । बलिङतर्फ जितेन्द्र मुखियाले चार विकेट लिए ।

 

प्रतिकृया दिनुहोस

पोखरामा थपियो नयाँ साहसिक खेल, 'एयर बेलुन'

मंसिर २, २०७५ चिप्लेढुंगा : पोखरामा पर्यटनमा साहसिक खेल 'एयर बेलुन' पनि थपिएको छ। साहसिक खेलको रूपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि

एटीपी फाइनल्सकाे उपाधिका लागि जोकोभिच र भेरेभ भिड्ने

वर्षको अन्तिम टेनिस प्रतियोगिता एटीपी फाइनल्सकाे उपाधिका लागि विश्व नम्बर एक नोभाक जोकोभिच र जर्मनीका अलेक्सान्दर भेरेभ भिड्ने भएका छन्

अन्तिम मिनेट रोक्न नसक्दा नेपालले बंगलादेशसँग पनि बराबरी खेल्यो, उत्कृष्ट उपविजेता हुँदै दोस्रो चरणमा

सन् २०२० मा जापानमा हुने ‘टोकियो ओलम्पिक २०२०’ महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोट प्रतियोगिता अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले