विश्वकप क्रिकेटको ट्रफी प्रधानमन्त्री ओलीले सार्वजनिक गर्ने कार्यक्रम रद्द

विश्वभ्रमणका क्रममा नेपाल ल्याइएको आईसीसी विश्वकप क्रिकेटको ट्रफी प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने कार्यक्रम रद्द भएको छ । 

उहाँ अस्वस्थ भएकाले कार्यक्रम रद्द गरिएको हो । आइतबार केहीबेरका लागि चन्द्रागिरीमा लगिएको ट्रफी साेमबार एक बजेदेखि सर्वसाधारणका लागि काठमाडाैंको बसन्तपुरमा प्रदर्शनीमा राखिने कार्यक्रम छ । 

चन्द्रगिरिमा नेपालका पूर्व कप्तानहरु उत्तम कर्माचार्य र पवन अग्रवालले सार्वजनिक गरेका हुन् । शुक्रबार काठमाडौं ल्याइएको ट्रफि शनिबार पोखरा लगेर फेरि काठमाडौंमै फिर्ता ल्याइएको थियो ।

सन् २०१९ मा हुने विश्वकप क्रिकेट अघि विभिन्न देशमा ट्रफीलाई टूर गराउने अभियान अन्तर्गत आईसीसीको ट्रफी नेपाल ल्याएको हो ।

विश्वकप ट्रफी टूर दुबईबाट सुरु भई ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश हुँदै नेपाल ल्याइएको थियो । अब ट्रफी नेपालबाट भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ग्ल्यान्ड लगिनेछ ।

unn.prixa.net

प्रतिकृया दिनुहोस

पोखरामा थपियो नयाँ साहसिक खेल, 'एयर बेलुन'

मंसिर २, २०७५ चिप्लेढुंगा : पोखरामा पर्यटनमा साहसिक खेल 'एयर बेलुन' पनि थपिएको छ। साहसिक खेलको रूपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि

एटीपी फाइनल्सकाे उपाधिका लागि जोकोभिच र भेरेभ भिड्ने

वर्षको अन्तिम टेनिस प्रतियोगिता एटीपी फाइनल्सकाे उपाधिका लागि विश्व नम्बर एक नोभाक जोकोभिच र जर्मनीका अलेक्सान्दर भेरेभ भिड्ने भएका छन्

अन्तिम मिनेट रोक्न नसक्दा नेपालले बंगलादेशसँग पनि बराबरी खेल्यो, उत्कृष्ट उपविजेता हुँदै दोस्रो चरणमा

सन् २०२० मा जापानमा हुने ‘टोकियो ओलम्पिक २०२०’ महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोट प्रतियोगिता अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले