प्रधानमन्त्री बिरामी, चियापान कार्यक्रममा नजाने

कात्तिक १०, २०७५ काठमाडौंः नेकपाले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन्। चियापानका पाहुनालाई प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गर्ने कार्यक्रम थियो। प्रधानमन्त्री ओली अचानक बिरामी परेपछि उनी कार्यक्रममा जान नसकेका हुन्। रुघाखोकी, ज्वरो र भाइरलका कारण ओली कार्यक्रममा उपस्थित हुन नसकेको प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए।  चियापान अहिले जारी छ। कार्यक्रममा नेकपा नेताका अलवा भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम यचुरी, कांग्रेस नेता अर्जुननरसिंह केसी र गोपालमान श्रेष्ठ सहभागी थिए।
 

प्रतिकृया दिनुहोस

बाइडबडी विमान प्रकरणमा देउवाकाे संलग्नताबारे छानबिन गर : कांग्रेस नेता पाैडेल

काठमाण्डाै - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बाइडबडी विमान खरिद प्रकरणमा संलग्न रहे/नरहेको बारे छानबिन गर्न वरिष्ठ नेता रामचन्द्र

जिल्ला भ्रमणमा मन्त्रीले सके अढाइ करोड, हवाई यात्रा गर्दा पनि बझ्छन् इन्धन

पुस २६, २०७५ काठमाडौं : प्रधानमन्त्री केपी शर्मालीले नियुक्तिकै दिनदेखि  मितव्ययी बन्न र भ्रष्टाचार नगर्न आफ्ना मन्त्रलीलाई झकझक्यारहेका छन्। तर

अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पा बर्खास्त

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई हटाउने निर्णय गरेको हो।