लामखुट्टेको डसाईबाट हुने डेंगू रोग नियन्त्रणका लागि झापामा अभियान थालिएको छ ।

डेंगू रोग भदौ, असोज र कार्तिक महिना बढी भेटिने भएकाले यसको रोकथामका लागि प्रभावित क्षेत्रमा यो अभियान शुरु भएको हो । झापाका शिवसताक्षी, दमक, भद्रपुर मेचिनगर लगायत स्थानिय तहका सवै वडामा लामखुट्टे वस्ने र त्यसको लार्भा नस्ट गर्ने अभियान शुरु भएको शिवसताक्षी नगरका स्वास्थ्य साखा सम्योजक हरि विमलीले जानकारी दिनुभयो । अभियानमा जिल्ला जनस्वास्थ्य कार्यलय झापाका भेक्टर कन्ट्रोल अधिकृत जिवन सिटौला, नगरका स्वास्थ्य साखाका संयोजक द्धय विमली र रोषन अधिकारी, स्वास्थ्य केन्द्रका कर्मचारी, जनप्रतिनिधि र महिला स्वास्थ्य स्वय.सेविका सहभागी थिए । 
एडिस जातको पोथी लामखुट्टेले पानी जमेका स्थानमा फुल पार्ने गर्दछ । जमेको पानीको पहिचान गर्दै डेंगूको लार्भा नष्ट गर्न थालिएको स्वास्थ्य शाखा प्रमुख विमलिले जानकारी दिए । टीनका डब्बा, रंगका खाली डब्बा, थोत्रा टायर, अलकत्र र मट्टितेलका खाली ड्रम, फुलदानी, गमला, कुलर, पानीका ट्यांकीहरूमा डेंगूको लार्भा भेटिने गरेको जिल्ला जनस्वास्थ्य कार्यलय झापाका भेक्टर कन्ट्रोल अधिकृत चौलागाईले जानकारी दिनु भयो  । 
साखाले नगरका वडा नम्बर १, ८, ९, १० र ११ नम्बर वडाका मुख्य चोक वजार मा माईकिङ्ग गरि लामखुट्टे वस्ने संभावित स्थान को सरसफाई गर्न स्थानियलाई अनुरोध गरेको छ । अभियान चौक वजारमा पुगेपछि स्थानिय वजारवासीले लाम्खुट्टे वस्ने संभावित क्षेत्रको सरसफाई गरेका थिए । शिवसताक्षी नगरका धरमपुर, डुडामारी, झिलझिले, दुधे, माईधार, वजार का स्थानियलाई डेगू लामखुट्टेको टोकाईबाट सर्ने संक्रमण सरुवा रोग भएकोले यसबाट बच्न सबैलाई आग्रह गरिएको शिवसताक्षी नगरको स्वास्थ्य साखाले जनाएको छ ।
विनोद सापकोटा

उपभोक्ता अधिकारका लागि जिल्लास्तरीय सरोकारवालाको टोलीले हिजो झापाको बिर्तामोड बजारमा अनुगमन गरेको छ । जिल्ला प्रशासन, बिर्तामोड नगरपालिका, उद्योग वाणिज्य सङ्घ तथा उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि सम्मिलित टोलीले अनुगमन गरेको हो । 

टोलीले बिर्तामोड कृषिथोक बजारको मासु तथा माछा पसल, सब्जी पसल, फलपूmल पसल, होटलको अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश पसलमा मूल्यसूची नभएको, फोहोर र झिँगा भन्किएको अवस्थामा माछा, मासु भेटिएको थियो । अधिकांशले खसीको मासु तथा माछा जाली तथा सिसायुक्त बाकस बिना नै खुल्लारुपमा बिक्री–वितरण गरिरहेको पाइएको जिल्ला प्रसासन कार्यलय झापाले जनाएको छ । 

अनुगमनका क्रममा खसी तथा कुखुरा काट्ने ठाउँ अत्यन्त फोहर भएको, त्यहाँ प्रयोग गरिएको पानी र अन्य फोहरले बजार नै दुर्गन्धित भएको, सब्जी पसलमा मनपरी खुद्रा मूल्य राखेर बिक्री गर्ने गरिएको पाइएको विर्तामोड नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले बताउनुभयो । 

टोलीले उपभोक्ता अधिकारलाई ध्यानमा राखेर मापदण्ड पूरा गरेर उपभोग्य वस्तु बिक्री–वितरणका लागि व्यवसायीलाई सचेत गराएको छ । टोलीले तीन दर्जनभन्दा बढी पसल तथा होटलको अनुगमन गरेको थियो । सरसफाइ, मूल्यलगायत विषयमा मापदण्ड पालना नगर्नेलाई तत्काल कारवाही गर्नेसमेत टोलीले जनाएको छ । 

त्यस्तै स्थानीय सरकारले उपभोक्तावादी संस्था तथा वाणिज्य सङ्घ समेतको सहभागितामा अनुगमन कार्यविधि तयार गरी विज्ञसहितको टोलीबाट बजार अनुगमन गर्ने, मूल्यसूचीलाई व्यावहारिक बनाउने तथा मापदण्ड पूरा नगर्ने व्यापारीलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

टोलीले उपभोक्तालाई आफ्नो अधिकारबारे जागरुक बन्नसमेत अपिल गरेको छ । टोलीमा जिल्ला प्रशासनका प्रशासकीय अधिकृत युवराज कट्टेल, बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डे, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मदनगोपाल सुब्बा, उपभोक्ता मञ्च नेपालका अध्यक्ष वेदप्रकाश अग्रवाल, विश्व उपभोक्ता महासङ्घ नेपालकी अध्यक्ष सरस्वती चम्लागाई, उपभोक्ता हित संरक्षण मञ्चका सचिव ईश्वर अधिकारीलगायत रहनुभएको छ । 
विनोद सापकोटा


मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरभित्र रहेका पाँच प्रकारका जटिल रोगका ४२ बिरामीलाई एक पटकका लागि जनही रु १५ हजार राहत प्रदान गरेको छ ।
 
दशैँतिहार, छठसहितका पर्वको शुभकामना आदानप्रदानसमेत गरिएको कार्यक्रममा हिजो नगर उपप्रमुख यमुना विष्टको अगुवाइमा वडाध्यक्ष, कार्यपालिका सदस्यसहितले उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरणका क्रममा विष्टले आफू पनि एउटा मात्र मिर्गाैला भएको व्यक्ति भएकाले दीर्घ रोगसँग लड्नका लागि मनोबल बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा अर्बुदरोग पीडित शिक्षक खेमराज घिमिरेले उक्त सहयोगले ठूलो ऊर्जा मिलेको बताउनुभयो । मुटु, मिर्गाैला, स्पाइनल कर्ड इञ्जुरी, अर्बुदरोग र बोनम्यारोको जटिल समस्या भएका नगरका बिरामीलाई उक्त सहयोग गर्ने निर्णय गरिएको थियो । सो निर्णयअनुसार १९ मुटुरोगी, १६ अर्बुदरोगी र सात  मिर्गाैला रोगीलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस

शान्तिनगरको ऐतिहासिक ठुटेबर मेला मङ्शीर ४ गते देखि लाग्दै ।

शान्तिनगर । झापाको बुद्धशान्ति–६ स्थित ठुटेबर परिषरमा लाग्दै आएको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय रुपले प्रसिद्ध ठुटेबर मेला मङ्शीर

मेची नदी किनारमा छठ पर्वको तयारी तीब्र

नेपाल भारतको सीमावर्ती नाकासँग जोडिएको झापाको भद्रपुरस्थित मेची नदीमा मनाइने छठ पर्वको तयारीलाई तीव्र बनाइएको छ। भारतको बंगाल तथा विहार गरी दुई

फाल्गुनन्द जयन्तीमा सार्वजनिक बिदा

झापाको दमक नगरपालिकाले आइतबार फाल्गुनन्द जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाको नगरसभाबाटै फाल्गुनन्द जयन्तीका दिन सार्वजनिक