आयोजक सँग चर्च ब्वाइज स्तब्ध

विनोद सापकोटा
झापा, मंसिर ०१ ।  आधा दर्जन राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको आयोजक टोली सताक्षीधाम स्पोर्टिङ क्लब झापाको शिवसताक्षीस्थित झिलझिलेमा जारी दोस्रो संस्करणको सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । काठमाडौँको चर्च ब्वाइजलाई ३–० को फराकिलो गोलअन्तरले पाखा लगाउँदै आयोजकले अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो ।

झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको मैदानमा बिहीबार भएको खेलमा आयोजकसामु चर्च ब्वाइज निरीह देखियो । यद्यपि, पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् । राष्ट्रिय खेलाडीहरुले भरिएका कारण आयोजक टोलीले चर्च ब्वाइजलाई पहिलो हाफभर दबाबमा राख्न सफल भयो । विमल घर्तीमगर, अनन्त तामाङ, विक्रम लामा, विशाल श्रेष्ठ, हेमन्त थापा मगर, रजिन लिम्बूजस्ता प्रभावशाली खेलाडी आयोजकका तर्फबाट खेलेका छन् । जसका कारण चर्च ब्वाइजले पहिलो हाफमा आयोजकविरुद्ध गोल गर्ने अवसरसमेत सिर्जना गर्न सकेन ।

दोस्रो हाफमा दुबै टोली आक्रमक बने पनि गोलको खाता खोल्न भने आयोजक सफल भयो । दोस्रो हाफको ९औँ मिनेटमा विमल घर्तीमगरले गोललाई जाली चुमाउँदै आयोजकलाई १–० को अग्रता दिलाए । अनन्त तामाङको हेड पासमा विमलले गोल गरेका हुन् ।

दोस्रो हाफको २२ औँ मिनेटमा आयोजकका सुनिल बलले गोल थप्दै गोलअन्तर दोब्बर पारे । उनले डि–एरियाको नजिकबाट फ्रि–किकमार्फत गोललाई जाली चुमाएका हुन् । ३१औँ मिनेटमा विमलले पुनः गोल गरी ३–० को स्पष्ट जित सुनिश्चित गरे । उनले एक्लो प्रयासमा सुन्दर ढंगले गोल गरेका हुन् ।

खेलको म्यान अफ द म्याच आयोजक टोलीबाट २ गोल गर्ने विमल घर्तीमगर घोषित भए । उनलाई नगद १० हजार रुपैयाँ प्रदान गरियो । प्रतियोगिताअन्तर्गत शुक्रबार हुने खेलमा मोरङ–११ र रुपन्देही–११ बीच भिडन्त हुने फुटबल प्रशिक्षक एवम् म्याच कमिस्नार भगिरथ आले मामाले जानकारी दिए । १० वटा टिमले सहभागिता जनाएको प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेता टीमले दुई लाख पचास हजार हात पार्नेछ ।
 

प्रतिकृया दिनुहोस

एसेज इग्ल्याण्डका लागि विर्सनलायक, अष्ट्रेलिया ४–० ले विजयी

झापा, पुस २४ । अष्ट्रेलियासँगको प्रतिष्ठित क्रिकेट शृङ्खलाको यसपटकको संस्करण इंग्ल्याण्डका लागि विर्सनलायक बनेको छ । अष्ट्रेलियासँग शृङ्खला

फाल्गुनन्द गोल्डकपको फाइनल आज ः  दुबै टिम भन्छन्, खेल हामी जित्छौं 

फिदिम, पुस १६ । पाँचथरको फिदिमममा जारी नबौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । प्रतियोगिताको फाइनलमा पुगेका दुबै

भारतद्धारा सिरिज कब्जा

झापा, पुष ३ । प्रारम्भिक ब्याट्सम्यान शिखर धवनले आकर्षक रूपमा शतक बनाएपछि श्रीलंकाविरुद्ध वान–डे इन्टरनेसनल सिरिजको निर्णायक खेलमा आइतबार भारतले