टी–२० विश्वकप छनौट : रनरेटका आधारमा सिंगापुरलाई उछिन्दै नेपालले उचाल्याे ट्रफी

आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकप एसिया उपक्षेत्रीय छनोटमा नेपाल विजेता बनेको छ । 

सात टोली सम्मिलित प्रतियोगिता अन्तर्गत सिंगापुरविरुद्धको अन्तिम तथा निर्णायक खेल वर्षाका कारण रद्ध भएपछि रनरेटका आधारमा नेपाल च्याम्पियन बनेको हो । आफूले खेलेका पाँच खेल जितेको नेपालको नेट रनरेट ७.७८२ रहेको छ भने पाँचै खेल जितेको सिंगापुरको नेट रनरेट ४.७७२ रहेको छ ।

नेपाल र सिंगापुर दुवै टोली यसअघि पाँच खेलसम्म अपराजित थिए । यस प्रतियोगिताबाट नेपाल, सिंगापुर र मलेसिया टी–२० विश्वकपको अर्को चरणमा प्रवेश गरेका छन् । 

अब एसिया उपक्षेत्रीय छनोट ए अन्तर्गतका तीन टोलीहरु यूएई। कुवेत र कतारसहित ६ टोलीबीच एसिया छनोट अन्तर्गत प्रतिस्पर्धा हुनेछ । 

शुक्रबार मलेसियाको बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले १७ ओभर ३ बलमा सबै विकेट गुमाएर ८१ रन बनाएको थियो । सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक २५ रन बनाएका थिए । अन्य खेलाडीको प्रदर्शन सन्तोषजनक रहेन ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ४ विकेट हात लिए । उनले ३ दशमलब ३ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । यस्तै सोमपाल कामी र करण केसीले २–२ तथा बसन्त रेग्मी र ललित राजवंशीले १–१ विकेट लिए ।

जवाफमा ब्याटिङ थालेको नेपालले २ बलमा एक विकेट गुमाएर १ रन बनाउँदा वर्षाका कारण खेल रोकियो । त्यसपछि खेल हुन सकेन र रद्ध गरियो । 

प्रतियोगितामा नेपालले म्यानमार, मलेसिया, थाइल्याण्ड, चीन र भुटानविरुद्ध सहज जित निकालेको थियो भने सिंगापुरले पनि सबै प्रतिद्वन्द्वीलाई हराएको थियो । 

प्रतियोगितामा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले २४ विकेट लिए । जुन, कुनै पनि नेपाली बलरले एकै प्रतियोगितामा लिएको सर्वाधिक विकेट हो । यसअघि प्रतियोगितामा धेरै विकेट लिने रेकर्ड बसन्त रेग्मी र विनोद दासको नाममा थियो । रेग्मीले सन् २०१२ को डिभिजन–४ प्रतियोगितामा तथा विनोद दासले सन् २००५को एसीसी फास्ट ट्रयाक कन्ट्रिज प्रतियोगितामा २१-२१ विकेट लिएका थिए । 

सन्दीपले पहिलो खेलमा म्यानमारविरुद्ध ४, दोस्रो र तेस्रो खेलमा मलेसिया र थाइल्याण्डविरुद्ध ५–५ तथा चौथो र पाँचौँ खेलमा भुटान र चीनविरुद्ध ३–३ विकेट लिएका थिए ।

प्रतिकृया दिनुहोस

पोखरामा थपियो नयाँ साहसिक खेल, 'एयर बेलुन'

मंसिर २, २०७५ चिप्लेढुंगा : पोखरामा पर्यटनमा साहसिक खेल 'एयर बेलुन' पनि थपिएको छ। साहसिक खेलको रूपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि

एटीपी फाइनल्सकाे उपाधिका लागि जोकोभिच र भेरेभ भिड्ने

वर्षको अन्तिम टेनिस प्रतियोगिता एटीपी फाइनल्सकाे उपाधिका लागि विश्व नम्बर एक नोभाक जोकोभिच र जर्मनीका अलेक्सान्दर भेरेभ भिड्ने भएका छन्

अन्तिम मिनेट रोक्न नसक्दा नेपालले बंगलादेशसँग पनि बराबरी खेल्यो, उत्कृष्ट उपविजेता हुँदै दोस्रो चरणमा

सन् २०२० मा जापानमा हुने ‘टोकियो ओलम्पिक २०२०’ महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोट प्रतियोगिता अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले