#MeToo मा फसे क्रिकेटर लसिथ मलिंगा, बलात्कारको आरोप लाग्यो

सामाजिक सञ्जालमा सुरु भएको #MeToo  अभियानमा बलिउड र मिडिया वर्ल्डका हस्तीहरुका नाम विवादमा मुछिएपछि अब क्रिकेटरका नाम पनि अगाडि आउन थालेको छ ।

पहिले श्रीलंकाका पूर्व कप्तान अर्जुन रणतुंगामाथि यौन उत्पीडन आरोप लागेको थियो ।  अब श्रीलंकाका तीव्र गतिका बलर लसिथ मलिंगाको नाम पनि विवादमा आएको छ ।

मलिंगामाथि भारतकी प्लेब्याक सिंगर चिनमयी श्रीपदाले आरोप लगाएकी छिन् । सामाजिक सञ्जालमा पीडितको नाम गोप्य राख्दै केही वर्ष पहिले आईपीएल खेलका क्रममा मुम्बईको होटलमा मलिंगाले बलात्कारको प्रयास गरेको श्रीपदाले बताएकी छन् ।

पीडितको बयानलाई सार्वजनिक गर्दै श्रीपदाले लेखेकी छिन्, ‘म आफ्नो नाम बाहिर आओस् भन्ने चाहन्न । आईपीएलका क्रममा मुम्बईको एउटा होटलमा मैले साथी खोजिरहेकी थिएँ । अचानक मैले मलिंगालाई भेटेँ । उनले मेरी साथी उनको कोठामा भएको बताए । म उनको कोठामा पुगेँ, त्यहाँ मेरी साथी थिइनन् । त्यसै क्रममा मलिंगाले मलाई ओछ्यानमा लडाए । म उनीबाट फुत्किन खोजेँ तर सकिनँ । त्यति नै बेला डोरबेल बज्यो । होटलका स्टाफ केही कामले कोठामा आए ।  म त्यसै बेला वाशरुममा गएँ र मुख धोएर बाहिर निस्केँ ।’

View image on Twitter

क्रिकेटर मलिंगाले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । तर चिनमयी श्रीपदाको यो ट्वीट भने भाइरल भएको छ । 

 

मलिंगाले ३० टेस्ट म्याचमा १०१ विकेट लिएका छन् । त्यस्तै २०७ वान डे म्याचमा उनको नाममा ३०६ विकेट  रहेको छ । 

यसभन्दा पहिले सन् १९९६ को विश्वकप विजेता श्रीलंकाली टिमका कप्तान अर्जुन रणतुंगामाथि एक जना एयर होस्टेसमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । 

प्रतिकृया दिनुहोस

फोटोग्राफर अफ दी इयर : यी हुन वर्ष २०१८को सर्वोत्कृष्ट १२ तस्बिर

रोयल सोसाइटी अफ बायोलोजीले सन् २०१८ को ‘फोटोग्राफर अफ द इयर’ घोषणा गरेको छ । फोटोग्राफर अफ द इयरको उपाधि १७ वर्षका ज्याक ओलिवले जित्न सफल भएका छन्

भारतलाई ट्रम्पको धम्की : रूससँगको रक्षा सम्झौताको परिणाम छिट्टै थाहा पाउनेछौ

असोज २६, २०७५ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई धम्की दिएका छन्। रूसबाट एस-४०० सुरक्षा प्रणाली किन्ने सम्झौता गरेर भारतले ठूलो गल्ती गरेको

#MeToo मा फसे क्रिकेटर लसिथ मलिंगा, बलात्कारको आरोप लाग्यो

सामाजिक सञ्जालमा सुरु भएको #MeToo  अभियानमा बलिउड र मिडिया वर्ल्डका हस्तीहरुका नाम विवादमा मुछिएपछि अब क्रिकेटरका नाम पनि अगाडि आउन थालेको छ । पहिले