#MeToo मा फसे क्रिकेटर लसिथ मलिंगा, बलात्कारको आरोप लाग्यो

सामाजिक सञ्जालमा सुरु भएको #MeToo  अभियानमा बलिउड र मिडिया वर्ल्डका हस्तीहरुका नाम विवादमा मुछिएपछि अब क्रिकेटरका नाम पनि अगाडि आउन थालेको छ ।

पहिले श्रीलंकाका पूर्व कप्तान अर्जुन रणतुंगामाथि यौन उत्पीडन आरोप लागेको थियो ।  अब श्रीलंकाका तीव्र गतिका बलर लसिथ मलिंगाको नाम पनि विवादमा आएको छ ।

मलिंगामाथि भारतकी प्लेब्याक सिंगर चिनमयी श्रीपदाले आरोप लगाएकी छिन् । सामाजिक सञ्जालमा पीडितको नाम गोप्य राख्दै केही वर्ष पहिले आईपीएल खेलका क्रममा मुम्बईको होटलमा मलिंगाले बलात्कारको प्रयास गरेको श्रीपदाले बताएकी छन् ।

पीडितको बयानलाई सार्वजनिक गर्दै श्रीपदाले लेखेकी छिन्, ‘म आफ्नो नाम बाहिर आओस् भन्ने चाहन्न । आईपीएलका क्रममा मुम्बईको एउटा होटलमा मैले साथी खोजिरहेकी थिएँ । अचानक मैले मलिंगालाई भेटेँ । उनले मेरी साथी उनको कोठामा भएको बताए । म उनको कोठामा पुगेँ, त्यहाँ मेरी साथी थिइनन् । त्यसै क्रममा मलिंगाले मलाई ओछ्यानमा लडाए । म उनीबाट फुत्किन खोजेँ तर सकिनँ । त्यति नै बेला डोरबेल बज्यो । होटलका स्टाफ केही कामले कोठामा आए ।  म त्यसै बेला वाशरुममा गएँ र मुख धोएर बाहिर निस्केँ ।’

क्रिकेटर मलिंगाले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । तर चिनमयी श्रीपदाको यो ट्वीट भने भाइरल भएको छ । 

 

मलिंगाले ३० टेस्ट म्याचमा १०१ विकेट लिएका छन् । त्यस्तै २०७ वान डे म्याचमा उनको नाममा ३०६ विकेट  रहेको छ । 

यसभन्दा पहिले सन् १९९६ को विश्वकप विजेता श्रीलंकाली टिमका कप्तान अर्जुन रणतुंगामाथि एक जना एयर होस्टेसमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । 

प्रतिकृया दिनुहोस

पोखरामा थपियो नयाँ साहसिक खेल, 'एयर बेलुन'

मंसिर २, २०७५ चिप्लेढुंगा : पोखरामा पर्यटनमा साहसिक खेल 'एयर बेलुन' पनि थपिएको छ। साहसिक खेलको रूपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि

एटीपी फाइनल्सकाे उपाधिका लागि जोकोभिच र भेरेभ भिड्ने

वर्षको अन्तिम टेनिस प्रतियोगिता एटीपी फाइनल्सकाे उपाधिका लागि विश्व नम्बर एक नोभाक जोकोभिच र जर्मनीका अलेक्सान्दर भेरेभ भिड्ने भएका छन्

अन्तिम मिनेट रोक्न नसक्दा नेपालले बंगलादेशसँग पनि बराबरी खेल्यो, उत्कृष्ट उपविजेता हुँदै दोस्रो चरणमा

सन् २०२० मा जापानमा हुने ‘टोकियो ओलम्पिक २०२०’ महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोट प्रतियोगिता अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले