सुनको भाउ बढ्यो, ६० हजार रुपैयाँ तोलामा कारोबार

काठमाडौं – सुनको भाउले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । सुन शुक्रबार तोलाको ६० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार तोलाको ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा ७ सय रुपैयाँ बढेको हो । यसअघि २०६९ साल भदौ महिनामा सुनको भाउ तोलाको ६३ हजार ३ सय पुगेको थियो । 

त्यसयता घटेको सुनको भाउ गएको महिनादेखि फेरि बढ्दै गएको हो । अन्तराष्ट्रिय बजारमा नै सुनको भाउ बढेको तथा डलर महंगो भएको र भारतीय मुद्रा कमजोर भएका कारण सुनको भाउ बढ्दै गएको महासंघले जनाएको छ । 

चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस

तीन महिनाका लागि टेलिकमका २२ अफर

काठमाडौं - नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि सोमबारदेखि अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ । आफ्ना ग्राहकलाई कम शुल्कमा बढी सुविधा दिन

बढी भाडा लिने ५ सय वटा गाडीलाई कारबाही

काठमाडौं - बडा दशैँमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने ५०० सार्वजनिक यातायातलाई कारबाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।  दशैँको

चिनीमा आर्थिक चलखेल भएको संसदीय उपसमितिको निचोड, सरकारलाई प्रश्न, सात रुपैयाँ महंगो किन भयो?

असोज २५, २०७५ काठमाडौं : सरकारले चिनीमा लगाएको परिमाणात्मक आयात बन्देज तथा अस्वाभाविक मूल्य वृद्धि लगायतका विषयमा अध्ययन गर्न बनेको संसदीय