लागू पदार्थ एवं अवैध मदिरा नियन्त्रण सम्वन्धी

जिल्ला प्रशासन कार्यालय झापाले गौरिगन्ज गाउँपालिकाको सँयोजनमा मिती २०७५ असोज २४ गते लागू पदार्थ एवं अवैध मदिरा नियन्त्रण सम्वन्धी एक दिने अन्तरकृया कार्यक्रम गौरिगन्जमा सम्पन्न गरेको छ । चेतना नेपाल नामक सामाजिक सँस्था र नेपाल प्रहरीको तर्फवाट लागू पदार्थ एवं अवैध मदिरा नियन्त्रण सम्वन्धी विषयमा कार्यपत्र प्रस्तुत भएको थियो । गौरिगन्ज गाउँपालिकाका अध्यक्ष बावुराजा श्रेष्ठको अध्यक्षता एवम प्रमुख जिल्ला अधिकारी श्री जनकराज दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानिय जनप्रतिनिधी एव नागरिक हरु सहित ४८ जनाको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा अवैध मदिरा नियन्त्रण सम्वन्धमा स्थानिय सँघसँस्था र जनप्रतिनिधीवाट अवैध मदिरा तथा लागू औषधको नियन्त्रण का लागि प्रतिवद्धता व्यक्त भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी  जनकराज दाहाल ज्यूले नेपाल सरकारले थालनि गरेको अवैध मदिरा नियन्त्रण एव लागू पदार्थ विरुद्धको जनचेतना महाअभियानलाइ झापा जिल्लामा अझ प्रभावकारि ढंगले अगाढी वढाउने र यसका लागि स्थानिय सरकारहरु ले थप सकृयता देखाउनु पर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख भीमप्रसाद ढकाल, आठमौजा सहकारी सँस्थाका अध्यक्ष अर्जुन दंगाल, स्थानिय महिला समाजसेवि फूलमती राजवँशी र गाउँपालिका अध्यक्ष बावुराजा श्रेष्ठले मन्तव्य राखेका थिए । गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले स्वागत गरेको कार्यक्रमको सँचालन सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस

पशुपतिलगायत शिवालयमा छरियो शतबीज

  मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै हिजोदेखि देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् । बाला

नारायण गोपालको २८ औं स्मृति दिवस

स्वर सम्राट नारायण गोपालको २८ औं स्मृति दिवस हिजो विभिन्न कार्यक्रम गरी मनाइएको छ । वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिनुभएका नारायण

हल्दिबारीमा देखियो यस्तो जातीय सांस्कृतिक झाँकी(video)

हल्दिबारीमा देखियो यस्तो जातीय सांस्कृतिक