आफ्नै साथीको योजनामा बालिका बलात्कृत

दमक, २५ असोज

     देशभर बलात्कार र महिला हिंसाको घटना भैरहेको अवस्थामा मोरङ्गको पथरीशनिश्चरेमा १३ बर्षिय बालिका बलात्कृत भएकी छन् ।

       पथरीशनिश्चरे १० कि १३ बर्षिय बालिका आफ्नै साथीद्वारा योजनाबद्द शैलीमा बलात्कारको सिकार बनेको खुल्न आएको छ ।

       एउटै कक्षामा पढ्ने साथीले जन्मदिन भएको बहानामा आफ्नो घर लान ढिपी गरेपछि मंगलबार १ घण्टाको लागि जान दिएपनि उनी रातीसम्म नआएपछि आफन्तले खोजी गरे । तर बलात्कारको शिकार भएर भोलीपल्ट दिउँसो अर्धबेहोस् अवस्थामा बालिका फेलापरेपछि घटनामा संलग्न २ जना युवा पक्राउ परेका छन् ।

      पक्राउ पर्नेमा, पथरीशनिश्चरे ९ का राजकुमार माझी र वडा नम्बर १ का मनोज राई रहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । जन्मदिनको बहानमा घरबाट लाने पिडीत बालिकाको साथी भनें फरार छिन् । पक्राउ परेका दुवैलाई जबरजस्ती करणी अन्तर्गत मुद्दा अगाडि बढाइने इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाँइले बताउनुभएको छ ।

      पीडित बालिकाको पथरी हस्पिटलमा प्राथमिक उपचारपछि स्वास्थ परिक्षणको लागि वीपी कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरान लगिएको छ ।    मोटरसाइकलमा आएका २ जना युवाले आफुलाई पथरी शनिश्चरे २ को जंगलमा लगेर मादक पदार्थ सेवन गराएर बेहोस बनाई रातभर जबरजस्ती करणी गरेको पिडित बालिकाले बताएकी छन् । भोलीपल्ट दिउँसो आफुलाई घर नजिकै ल्याएर छोडिदिएको उनले जनाइन् ।

      आमाले अर्कै संग दोस्रो विवाह गरेको र बाबूले पनि दोस्रो विवाह गरी अर्काकोमा कामदारका रुपमा बस्दै आएको अवस्थामा बालिका केही समययता छिमेकी सरिता राईकोमा वस्दै आएकी थिइन् । 

प्रतिकृया दिनुहोस

पशुपतिलगायत शिवालयमा छरियो शतबीज

  मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै हिजोदेखि देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् । बाला

नारायण गोपालको २८ औं स्मृति दिवस

स्वर सम्राट नारायण गोपालको २८ औं स्मृति दिवस हिजो विभिन्न कार्यक्रम गरी मनाइएको छ । वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिनुभएका नारायण

हल्दिबारीमा देखियो यस्तो जातीय सांस्कृतिक झाँकी(video)

हल्दिबारीमा देखियो यस्तो जातीय सांस्कृतिक