बडादसैँकाे दाेस्राे दिन, ब्रह्मचारिणीकाे अाराधना गरिँदै

असोज २५, २०७५ काठमाडौं :

 बडादसैँको दोस्रो दिन बिहीबार भगवती दुर्गाको दोस्रो स्वरूप ब्रह्मचारिणीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक–एक स्वरूपको आराधना परम्परा छ। तपस्यामा लीन हुने  भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिएको हो। कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु छ। ब्रह्मचारिणी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन्। कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त छ।  आरोग्य र शान्ति प्राप्तिका लागि यिनको आराधना गरिन्छ। नवरात्रका समयमा जमरा राखिएका दशैंघर तथा शक्तिपीठमा पुगेर देवीको अाराधना गर्ने चलन छ। काठमाडौंको गुह्येश्वरी, संकटा, शोभा भगवती, मैतीदेवी, नक्साल भगवती, सिन्धुपाल्चोकको पाल्चोकभगवती,ललितपुरको बंगलामुखी काभ्रेको पलाञ्चोक भगवती, बाँकेको वागेश्वरी, गोरखाको मनकामनालगायत शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ।
 

प्रतिकृया दिनुहोस

दशैँमा नयाँ नोट बिगार्दै हुनुहुन्छ? होसियार जेल परिएला! ​

कात्तिक १, २०७५  : दशैँ, तिहार जस्ता पर्वमा नयाँ नोटको खपत धेरै हुन्छ। नेपालीहरूको महान पर्वमा नयाँ नोट साट्न बैंकमा जाने सर्वसाधरणको पनि घुइँचो

अाज महाष्टमी, महागौरी देवीको अाराधना, मध्यरातमा कालरात्रि गरिँदै

असोज ३१, २०७५ : नवरात्रको आठौँ दिन अर्थात् महाष्टमी। बुधबार दुर्गा भगवतीकी अाठौँ रूप महागौरी देवीको पूजा–आराधना गरिँदैछ। अघिल्लो दिन

रातो र पोलेको मासु खाँदै हुनुहुन्छ? क्यान्सरविज्ञकाे सुझाव सुन्नुस !

चितवन - नेपालीको महानपर्व बडादसैंमा आवश्यकताभन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ । पर्वका नाममा धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा सामान्यदेखि