केरुङ जान रसुवाबाहिरका नागरिकलाई पनि एक दिने प्रवेश पास उपलब्ध गराइने

रसुवा – चीन सरकारले व्यापारिक कारोवारका लागि एक दिने प्रवेश पास उपलब्ध गराउने भएको छ । 

यसअघि रसुवागढी नाका हुँदै चीनको केरुङ जानका लागि रसुवाबासीले मात्रै पास पाउँदै आएकोमा बाहिरी जिल्लाका नागरिकलाई समेत पास उपलब्ध गराउन लागिएको हो ।

२०७१ मंसिरदेखि औपचारिक रूपमा सञ्चालनमा आएको नाकाबाट रसुवाबासी बाहेक अन्य नागरिक केरुङ जान पाएका छैनन् । 

बाहिरी जिल्लाका व्यापारी, व्यवसायी र सवारी चालक जान नपाउँदा समस्या आएका कारण लामो समयदेखि छलफल हुँदै आएको थियो । एक दिने पासका लागि चिनियाँ पक्षले ट्रान्सपोर्टेसन एग्रिमेन्टको प्रक्रिया सुरु गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताउनुभयो । 

रसुवाका सुरक्षा अधिकारी र चिनियाँ अधिकारीबीच चीनको केरुङमा बुधबार बसेको सीमा सुरक्षा बैठकमा चिनियाँ पक्षले प्रक्रिया अघि बढेको जानकारी गराएका हुन् । 

बैठकमा वान डे पास, चेलिबेटी बेचबिखन, अवैध सामग्री ओसारपसार नियन्त्रण, चीन सरकारले जिम्मा लिएको विद्यालय निर्माण र भाषागत क्षमताको विकास लगायतका विषयमा छलफल भएको छ । 

प्रतिकृया दिनुहोस

नेपालका गाई बंगलादेश तस्करी

पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटे प्रहरी चेकपोष्टबाट करिब एक किमी दक्षिण जंगलनजिक गाईगोरु बंगलादेशतर्फ लैजान लोड गरिँदै ।

भेटियो ३३ किलो सुन, गोरेसँग तस्करीमा जोडिएका दुई पक्राउ

काठमाडौं : अवैधरुपमा नेपाल भित्र्याएपछि हराएको ३३ किलो सुन भारतमा बरामद भएको छ। भारतीय प्रहरीय र त्यहाँको राजस्व अनुसन्धान विभाग टोलीले गत

काठमाडौं उपत्यकामा वायु प्रद्रूषण बढ्यो, मर्निङ वाक नगर्न सुझाव

काठमाडौं : बिहान र बेलुकी हावामा २.५ माइक्रो मिटर र त्योभन्दा कम व्यास भएका हानिकारक धुलोका कण अत्यधिक हुने भएकाले मर्निङ र इभिनिङ वाक नगर्न विशेषज्ञले