गुगल प्लस बन्द गर्ने निर्णय

 डाटा चुहावट भएको भन्दै सर्च इन्जिन गुगलले सामाजिक सञ्जाल गुगल प्लस बन्द गर्ने निर्णय गरेको छ । 
 गुगल प्लसको सफ्टवेयरमा रहेको एउटा त्रुटिका कारण ५ लाख प्रयोगकर्ताको सुचना चुहिएको गुगलले जनाएको छ ।
 प्रयोगकर्ताको सुचना तेश्रो पक्षको पहँुचमा पुगेको बीबीसीले उल्लेख गरेको छ । 
 डाटा चुहावटको जानकारी गत मार्चमा नै  प्राप्त गरेको कम्पनीले गुगल प्लस बन्द गर्ने प्रक्रिया सुरु गरेपनि सुचना सार्वजनिक गरेको थिएन । 
 गुगल प्लस बन्द गर्ने सम्वन्धी निर्णय कार्यन्वयन गर्न कम्पनीमा आन्तरिक सुचना जारी भईसकेको वाल स्ट्रिट जर्नलले उल्लेख गरेको छ ।
 सन् २०११ मा फेसबुकसँग प्रतिस्पर्धा गर्ने उद्धेश्यले सुरु गरिएको गुगल प्लसमा प्रयोगकर्ताले न्युन समय खर्चदै आएका छन् ।
 ९० प्रतिशत गुगल प्रयोगकर्ताले ५ सेकेण्ड समय मात्रै गुगल प्लसमा बिताएको तथ्यांक छ ।    

प्रतिकृया दिनुहोस

सरकारले गर्‍याे २१ हजारभन्दा बढी ‘पोर्न साइट’ बन्द

सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा बढी वेबसाइट(पोर्न साइट) बन्द गरेको छ ।  सरकारले बलात्कार तथा यौनजन्य हिंसाका घटनालाई कम गर्ने

एनटिसीको दशैं अफर, ६ रुपैयाँमा ६० मिनेट कुराकानी

काठमाडौं : सरकारी स्वामित्वको दुरसंचार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले दशैको अवसरमा छुटसहितका सुविधा सार्वजनिक गरेको छ। कम्पनीले दशैंलाई लक्षित

एन्ड्रोइडको एक दशक

मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइडले हालै दसौँ वार्षिकोत्सव मनाएको छ । प्रयोगकर्ताका लोकेसन र छनोटबारे जानकारी सुरक्षित राख्ने उद्देश्यले सुरु भएको