भुटानमाथि नेपालको सहज जित

मलेसियामा जारी टी—२० विश्वकपको एसिया छनोट ‘बी’मा नेपालले भुटानमाथि सहज जित हात पारेको छ ।
         प्रतियोगितामा लगातार चौथो जित हात पार्ने क्रममा नेपालले भुटानलाई १सय १७ रनको फराकिलो अन्तरले हराएको हो । 
         १सय ५१ रनको लक्ष्य पछ्याएको भुटानले १६.४ ओभरमा सबै विकेट गुमाएर मात्र ३३ रन बनाउन सक्यो ।
         भुटानलाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछाने, ललितनारायण राजवंशीले समान ३÷३ विकेट लिए । बसन्त रेग्मीले २ तथा दिपेन्द्रसिंह ऐरी र शरद भेषावकरले एक—एक विकट लिए ।
         यसअघि मलेसियाको युकेएम क्रिकेट ओभलमा पहिले ब्याटिङ गरेको नेपालले ओपनर प्रदिप ऐरीको शानदार उत्कृष्ट पारीसँगै २० ओभरमा ४ विकेटको क्षतिमा १५० रन बनाएको थियो ।
         नेपालले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । ओपनर विनोद भण्डारी पहिलो बलमै आउट भए ।  
         दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरेका अनिल २७ रनमा आउट भए । आरिफ शेखले १३ रन जोडे ।
         ऐरी ७५ र करण केसी ११ रनमा अविजित रहे । ६८ बलको सामना गरेको प्रदीपले ६ चौका र २ छक्का प्रहार गर्दै ७५ रन बनाएका थिए ।
         यसअघि नेपालले दुई खेल ८ विकेट र एक खेल १४० रनको जित निकालेको थियो । 
 

प्रतिकृया दिनुहोस

टी–२० विश्वकप छनौट : रनरेटका आधारमा सिंगापुरलाई उछिन्दै नेपालले उचाल्याे ट्रफी

आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकप एसिया उपक्षेत्रीय छनोटमा नेपाल विजेता बनेको छ ।  सात टोली सम्मिलित प्रतियोगिता अन्तर्गत सिंगापुरविरुद्धको

#MeToo मा फसे क्रिकेटर लसिथ मलिंगा, बलात्कारको आरोप लाग्यो

सामाजिक सञ्जालमा सुरु भएको #MeToo  अभियानमा बलिउड र मिडिया वर्ल्डका हस्तीहरुका नाम विवादमा मुछिएपछि अब क्रिकेटरका नाम पनि अगाडि आउन थालेको छ । पहिले

#MeToo मा फसे क्रिकेटर लसिथ मलिंगा, बलात्कारको आरोप लाग्यो

सामाजिक सञ्जालमा सुरु भएको #MeToo  अभियानमा बलिउड र मिडिया वर्ल्डका हस्तीहरुका नाम विवादमा मुछिएपछि अब क्रिकेटरका नाम पनि अगाडि आउन थालेको छ । पहिले