कति थरी छन् निर्मलाको पोस्टमार्टम रिपोर्ट?

असोज २३, २०७५ काठमाडौं : निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा छानबिन गर्न सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिले यसअघि नै मिडियामा आएका सूचना समेटेर सारसंग्रहवादी प्रतिवेदन तयार पारेको छ। समितिले छानबिन होइन, सार्वजनिक सूचनालाई टिपोट गरेर मात्र प्रतिवेदन पेश गरेको देखिन्छ। छानबिन समितिले ११ साउनमा महाकाली अञ्चल अस्पताल अञ्चल अस्पतालका डा. हरिकुमार श्रेष्ठसहित तीनजनाको टोलीले शव पोस्टमार्टम गरेको उल्लेख गरेको छ। नयाँ पत्रिका दैनिक लेख्छ, तर प्राप्त प्रतिवेदनअनुसार पोस्टमार्टममा पाँच चिकित्सक सहभागी थिए। सो प्रतिवेदनमा डा. श्रेष्ठबाहेक डा। एमएन अन्सारी, डा. सन्दीपकुमार, डा. धीरज जोशी र डा. सुदीप खनालको हस्ताक्षर छ। घटनाको १२ दिनपछि महेन्द्रनगर पुगेकी स्वतन्त्र अनुसन्धाता डा. ल्हामो शेपाले पनि तीनजनामात्र चिकित्सकको हस्ताक्षर रहेको पोस्टमार्टम प्रतिवेदन देखेको बताइन्। ‘मैले पोस्टमार्टमको हार्डकी नै हेरेकी थिएँ, जसमा तीन चिकित्सकको मात्र हस्ताक्षर थियो। अनुसन्धान प्रक्रियाको गोपनीयताका कारण मैले त्यसको कपी लिइँन। अहिले पाँचजनाको हस्ताक्षर भएको प्रतिवेदन हेरेर आश्चर्य लागेको छ’ उनले भनिन्।
 

प्रतिकृया दिनुहोस

रिपब्लिक मिडिया तथा कान्तिपुर प्रकाशनका पूर्वअध्यक्ष ज्ञवालीको निधन

काठमाडौं - रिपब्लिक मिडिया तथा कान्तिपुर प्रकाशनका पूर्वअध्यक्ष हेमराज ज्ञवालीको निधन भएको छ । उहाँको शनिबार साँझ ७९ वर्षको उमेरमा निधन भएको हो

गुर्जा हिमाल दुर्घटना अपडेट: बेपत्ता आरोहीको शव देखिए पनि उद्धार हुन सकेन

म्याग्दी – म्याग्दीको धौलागिरी गाउँपालिका–१, मा रहेको गुर्जा हिमालको आधारशिविरमा बेपत्ता पर्यटकहरुको शव देखिए पनि उद्धार हुन सकेको छैन ।  दक्ष

नेपाली कांग्रेसका पुराना नेता चक्रप्रसाद बाँस्तोलाको निधन

काठमाडौं – नेपाली कांग्रेसका पुराना नेता चक्रप्रसाद बाँस्तोलाको शनिबार राति ७४ वर्षको उमेरमा निधन भएको छ ।  नेपाली कांग्रेसका प्रवक्ता