‘द कपिल शर्मा शो’ लिएर फेरि फर्कदै कमेडियन कपिल

टेलिभिजनको चर्चित शो ‘द कपिल शर्मा शो’ एकपटक फेरि सुरु हुँदैछ । यस पटकको शो मा पनि चर्चित कमेडियन कपिल शर्मा कमेडीमार्फत दर्शकहरुलाई मनोरञ्जन दिनेछन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार दिपावलीको अवसरमा यो शोको सुरुवात हुनेछ ।  केही समय अघिदेखि गायब भएका कमेडियन कपिल शर्मा फेरी दर्शकमाझ फर्कने चर्चा हुँदै आएको थियो । 
कपिल शर्माले ट्वीटमार्फत उनको सुपरहिट शो ‘द कपिल शर्मा शो’ लिएर फर्कन लागेको जानकारी दिएका छन् । उनले लेखेका छन् ‘छिट्टै फर्कदै छु ‘द कपिल शर्मा शो’ लिएर । केबल तपाईंहरुका लागि सोनी टीभीमा ।’ 

साथै अहिले उनी पञ्जाबी फिल्म ‘सन अफ मन्जीत’ को प्रमोशनमा लागेका छन् । यस फिल्मको प्रमोशनको कार्यक्रममा समेत कपिलले भनेका छन् ‘हामी सोनी टिभिका साथ योजना बनाइरहेका छौं । यो शो दिपावलीको अवसरमा सुरु हुनेछ ।’
कपिल शर्माले टेलिभिजनमार्फत दर्शक माझ फर्किरहेको जानकारी दिएसँगै सामाजिक सञ्जालमा दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।  तर उनको यस शोमा कुन–कुन कलाकारहरु हुनेछन् भन्ने कुराको खुलासा भने हुन बाँकी नै छ । 
‘द कपिल शर्मा शो’ का चर्चित पात्र ‘गुत्थी’ अर्थात सुनील ग्रोवरले आफू अहिले फिल्ममा व्यस्त रहेकाले केही भन्न नसक्ने जवाफ दिएका छन् ।
कमेडीमार्फत दर्शको मन जितेका कपिल शर्मा एकाएक विवादमा मुछिएका थिए । साथै उनी आफ्नो स्वास्थ्य खराब रहेको भन्दै टेलिभिजनबाटै टाढिएका थिए । 

प्रतिकृया दिनुहोस

बोल्ड अवतारमा खुशी, सामाजिक सञ्जालमा भाइरल बन्यो तस्बिर

अभिनेत्री श्रीदेवी र बोनी कपूरकी कान्छी छोरी खुशी कपूरको एक तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भाइरल भइरहेको तस्बिरमा खुशी निकै स्टाइलिस र

अपांगता भएका ब्याक्तिहरुको प्रतिभा पहिचानको लागि नेपालको टेलिभिजनको इतिहासमा पहिलो रियालिटी शो हुने

अपांगता भएका ब्याक्तिहरुको प्रतिभा पहिचानको लागि नेपालको टेलिभिजनको इतिहासमा पहिलो रियालिटी शो हुने भएको छ । प्रतिभा पहिचान र प्रस्फुटनका लागि सहज

हाउसफुल ४ को सेटबाट नाना पाटेकर गायब, बलिउडका थुप्रै कलाकारले दिए तनुश्रीलार्इ साथ

बलिउडका चर्चित अभिनेता नाना पाटेकर र अभिनेत्री तनुश्री दत्ताबीचको विवाद दिनानुदिन बढ्दै गइरहेको छ ।  तनुश्रीले १० वर्षअघि नाना पाटेकरले फिल्म