अाफ्नै शरीरमा आगो लगाएर अात्महत्या

सप्तरी – कञ्चनरुप नगरपालिका–२ मा आइतबार एक महिलाले आफ्नै शरीरमा आगो लगाइ आत्महत्या गरेकी छिन् ।

स्थानीय अन्दाजी २० वर्षीया रोशनी राउतले घरायसी विवादका कारण गोहाली घर (गाईगोठ)मा गई शरीरमा आगो लगाउँदा उनको मृत्यु भएको प्रहरी उपरीक्षक प्रतीक विष्टले बताउनुभयो ।

घरमा कोही नभएको बेला मट्टितेल छर्किएर आगो लगाउँदा राउतको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

भारतको बिहारराज्यको सुपौल माइती भएकी रोशनीकी श्रीमान सुनिल राउत विराटनगर–जनकपुर चल्ने बसमा सहचालकको रूपमा काम गर्दै आएको प्रहरीले जनाएको छ ।

सुनिलसँग सामाजिक परम्पराअनुसार ६ महीना अघि रोशनीको विवाह भएको थियो । यता घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सो आगलागीबाट करीब रु ७० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु

भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ । त्यस्तै एक नेपाली घाइते भएका छन् ।  दक्षिण भारत तामिलनाडु राज्यको कृष्णागिरि भन्ने ठाउँमा

चितुवाकाे अाक्रमणबाट बालककाे मृत्यु

तनहुँ – चितुवाकाे अाक्रमणबाट तनहुँमा शनिबार साँझ एक बालककाे ज्यान गएकाे छ । भानु नगरपालिका – २  ढलेकाे बरमा चितुवाले अाक्रमण गर्दा १० 

झापाको शिवसताक्षी अहिले राती आगलागी ३ महिनाको नानी सहित एकै परिवारका चार सदस्यको मृत्यु

दमक | झापाको शिवसताक्षी नगरपालिका वार्ड नम्बर ७ लाल्झोड़ामा एकै परिवारका चार सदस्यको घरमा अचानक लागेको आगलागीका कारण मृत्यु भएको छ | भर्खरै प्राप्त