अाजबाट दसैँका लागि नयाँ नाेट साट्न पाइने

नेपाल राष्ट्र बैंकले आइतबारदेखि दसैंँका लागि नयाँ नोट साट्ने भएको छ। राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुला गरेको हो।

राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही सुविधा दिएको बताए। ‘२१ गतेदेखि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही हुन्छ,’ प्रवक्ता पौडेलले भने।

राष्ट्र बैंकले विभिन्न २१ स्थानबाट नयाँ नोट सटही गर्दै छ। राष्ट्र बैंकले आफूले बाहेक वाणिज्य बैंकहरूलाई पनि नयाँ नोट साट्ने जिम्मेवारी दिएको छ।

गत वर्ष पनि वाणिज्य बैंकहरूले नयाँ नोट सटही गरेका थिए। राष्ट्र बैंकले १२ असोजबाटै वाणिज्य बैंकलाई नयाँ नोट उपलब्ध गराएको थियो।

प्रतिकृया दिनुहोस

तीन महिनाका लागि टेलिकमका २२ अफर

काठमाडौं - नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि सोमबारदेखि अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ । आफ्ना ग्राहकलाई कम शुल्कमा बढी सुविधा दिन

बढी भाडा लिने ५ सय वटा गाडीलाई कारबाही

काठमाडौं - बडा दशैँमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने ५०० सार्वजनिक यातायातलाई कारबाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।  दशैँको

सुनको भाउ बढ्यो, ६० हजार रुपैयाँ तोलामा कारोबार

काठमाडौं – सुनको भाउले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । सुन शुक्रबार तोलाको ६० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले