सुरुङ्गामा पालिका स्तरीय फुटवल सुरु

सुरुङ्गा ÷ कनकाई नगरको सुरुङ्गामा झापा जिल्ला पालिका स्तरीय  फुटवल प्रतियोगीताको एक विशेष समारोहका विच शुक्रवार उद्घाटन भएको छ ।  

     कनकाई खेलकुद् प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको उद्घाटन समारोहका प्रमुख अतिथि भ्mापा क्षेत्र नं.४ (ख) का प्रदेश सभा सदस्य हिरा थापाले खेलको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । प्रतियोगिताको पहिलो दिन कनकाई नगरपालिका र हल्दीवारी गाउँपालिका विच भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै तर्फवाट कुनै पनि गोल नभएपछि खेल ट्राइवेकरमा धकेलिएको थियो । ट्राइवेकरको पनि अन्तीमको थप अवसरको सदुपयोग गर्दै कनकाई नगरका खेलाडी विजयी वनेका छन् । खेलको म्यान अफ द म्याच कनकाई नगरकै गोलकिपर मनिश मगर घोषित भएका छन् ।

   प्रतियोगिता उद्घाटनको अवसरमा कनकाई नगरपालिका र शिवसतासी नगरपालिाकाका कर्मचारी विचमा मैत्रीपूर्ण खेल सम्पन्न भएको आयोजक समितिका सदस्य नविन वास्तोलाले वताएका छन् । प्रतियोगिताको शनिवारको खेल दमक र विर्तामोड नगरपालिका विच हुने आयोजक समितिले जनाएको छ ।    

    कनकाई माविको खेलमैदानमा संचालन भएको प्रतियोगीतामा झापामा रहेका नगरपालिका र गाउँपालिका मध्ये ९ वटा स्थानीय तहको सहभागिता रहेको प्रतिष्ठानका उपाध्यक्ष एवम् खेल संयोजक राजेन्द्र उप्रेतीले वताएका छन् । प्रतियोगीतामा सहभागिता जनाउँने नगरपालिका तर्फ कनकाई, दमक, अर्जुनधारा, विर्तामोड र शिवसतासी नगरपालिका रहेका छन् भने गाउँपालिका तर्फ हल्दीवारी, कमल, बाह्रदशी र झापा गाउँपालिकाले सहभागिता जनाउँने छन् ।

   प्रतियोगीताको प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ र दोेस्रो पुरस्कार ५५ हजार ५ सय ५५ नगद र ट्रफी रहने प्रतिष्ठानका सचिव दिननाथ खतिवडाले वताएका छन् ।   असोज १९ गतेदेखी २९ गते सम्म संचालन हुने प्रतियोगीतामा प्रथम पुरस्कारको राशी कनकाई नगरपालिकाले र दोस्रो पुरस्कार अर्जुनधारा नगरपालिकाले सहयोग गरेको वताइएको छ । प्रतिष्ठानले यस अघि नगरपालिका स्तरीय दुईवटा संस्करण सम्पन्न गरीसकेको वताइएको छ ।      

 व्यवसायीक खेलाडी उत्पादन गर्दै जिल्लाका सवै पालिकासँग वन्धुत्व भावना कायम राख्ने उद्येश्यका साथ आयोजना गरीएको प्रतियोगीतामा जिल्लाका विभिन्न ठाउँमा अवसर नपाएका राम्रा खेलाडीहरुलाई समेत प्राथमिक्तामा राखिने वताइएको छ

  प्रतिष्ठानका अध्यक्ष दुर्गा प्रसाईँको सभापतित्व एवम् खेल संयोजक राजेन्द्र उप्रेतीले स्वागत सहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा वडा नं.४ का वडा अध्यक्ष गोविन्द पौडेल, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष्य कुमारमणि पोखरेल, नेकपाका कनकाई नगर अध्यक्ष रविन्द्र लम्साल, नेपाली कांग्रेसका नगर सभापति नेत्रप्रसाद चिमरीया, दमक खेलकुद विकास समितिकी कोषाध्यक्ष इन्दु न्यौपाने लगायतले मन्तव्य राखेका थिए । उद्घाटन समारोहको संचालन प्रतिष्ठानका सचिव दिननाथ खतिवडाले गरेका थिए ।      

प्रतिकृया दिनुहोस

टी–२० विश्वकप छनौट : रनरेटका आधारमा सिंगापुरलाई उछिन्दै नेपालले उचाल्याे ट्रफी

आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकप एसिया उपक्षेत्रीय छनोटमा नेपाल विजेता बनेको छ ।  सात टोली सम्मिलित प्रतियोगिता अन्तर्गत सिंगापुरविरुद्धको

#MeToo मा फसे क्रिकेटर लसिथ मलिंगा, बलात्कारको आरोप लाग्यो

सामाजिक सञ्जालमा सुरु भएको #MeToo  अभियानमा बलिउड र मिडिया वर्ल्डका हस्तीहरुका नाम विवादमा मुछिएपछि अब क्रिकेटरका नाम पनि अगाडि आउन थालेको छ । पहिले

#MeToo मा फसे क्रिकेटर लसिथ मलिंगा, बलात्कारको आरोप लाग्यो

सामाजिक सञ्जालमा सुरु भएको #MeToo  अभियानमा बलिउड र मिडिया वर्ल्डका हस्तीहरुका नाम विवादमा मुछिएपछि अब क्रिकेटरका नाम पनि अगाडि आउन थालेको छ । पहिले