दक्षिण कोरियाका पूर्वराष्ट्रपति बाकलाई भ्रष्टाचारमा १५ वर्ष जेल, एक करोड १५ लाख डलर जरिवाना

असोज १९, २०७५ दक्षिण कोरियाका पूर् राष्ट्रपति ली म्युङ बाकलाई पदमा हुँदा भ्रष्टाचार र शक्तिदुरुपयोग गरेको ठहर गर्दै अदालतले १५ वर्षको जेल सजाय सुनाएको छ। घुस लिएको, आर्थिक हिनामिना गरेको र शक्तिदुरुपयोग गरेको अभियोग प्रमाणित भएको भन्दै अदालतने बाकलाई झन्डै एक करोड १५ लाख डलर जरिवाना तिर्न आदेश गरेको छ। सन् २००८ देखि २०१३ सम्म दक्षिण कोरियाली सत्ता सम्हालेका ७६ बर्षीय लीले आफूविरुद्ध लगाइएका अभियोगहरू राजनीतिक रूपमा अभिप्रेरित भएको दाबी गर्दै आएका छन्। दक्षिण कोरियामा जेल जाने उनी चौथा पूर्वनेता हुन्। उनकी उत्तराधिकारी पार्क गुन हेलाई गत अप्रिल महिनामा कारागार पठाइएको थियो। शक्तिदुरुपयोग गरेको र अरूलाई दबाव दिएको अभियोगमा पार्कलाई ३३ वर्षको जेल सजाय सुनाइएको थियो। पार्कलाई सिओलको पुनरावेदन अदालतले लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेका साथी चोई सुन–सिलको प्रभावमा परी भ्रष्टाचार गरेको अभियोगमा उक्त जेल सजाँय तोकेको थियो। उनीविरुद्ध ठूला विरोधका कार्यक्रमपछि महाभियोग लगाई पदमुक्त गरिएको थियो। यसरी पदमुक्त हुने उनी प्रथम निर्वाचित राष्ट्रपति थिइन्।
 

प्रतिकृया दिनुहोस

मुम्बईको अस्पतालमा आगलागी आठजनाको मृत्यु, १४० घाइते

पुस ३, २०७५ भारतको मुम्बईस्थित एक अस्पतालमा आगलागी हुँदा आठजनाको मृत्यु  छ भने १३० जना भन्दा बढी घाइते भएका छन्।  मुम्बईको मरोल क्षेत्रस्थित

फ्रान्स : इन्धनमा लगाइएको कर तत्कालका लागि फिर्ता

फ्रान्समा इन्धनमा लगाइएको करवृद्धि तत्कालका लागि फिर्ता गरिएको फ्रान्सका प्रधानमन्त्री इडवार्ड फिलिपले बताउनुभएको छ । फ्रान्समा इन्धनमा

जमिनमुनिको पानी धेरै तान्दा के हुनसक्छ? तेहरानको उदाहरण

जमिनमुनिबाट अत्यधिक मात्रामा पानी तान्यो र भूमिगत पानी 'रिचार्ज' हुन पाएन भने त्यसको परिणाम के हुनसक्छ? यसको पछिल्लो उदाहरण इरानको राजधानी