बङ्गबन्धु गोल्डकप : पहिलो खेलमा ताजकिस्तानसँग नेपाल पराजित

असोज १६, २०७५ बंगलादेशमा जारी बंगबन्धु गोल्डकपमा डिफेण्डिङ च्याम्पियन नेपाल पहिलो खेलमा ताजकिस्तानसँग पराजित भएको छ। बंगलादेशको राजधानी ढाकामा मंगलबार साँझ भएको खेलमा नेपाल ताजकिस्तानसँग २–० ले पराजित भएको हो। ताजकिस्तानले खेलको २७औँ मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो। नेपालका अनन्त तामाङले विपक्षी खेलाडीलाई लडाएपछि रेफ्रीले ताजकिस्तानलाई पेनाल्टी दिएका थिए। पेनाल्टीलाई फाथुएल्लोभले गोलमा परिणत गरेका थिए। पहिलो हाफमा एक गोलको अग्रता बनाएको ताजिकिस्तानले ६८औँ मिनेटमा टुरिनोभ कोमरोनको गोलमा अग्रता दोब्बर बनाए। त्यसपछि खेलमा गोल भएन र ताजाकिस्तानले खेल २–०ले जित्यो। नेपालले समूह चरणको दोस्रो खेलमा असोज २० गते प्यालेस्टाइनसँग खेल्नेछ। समूह ‘ए’मा नेपालसहित प्लोस्टाइन र ताजाकिस्तान छन्। समूह ‘बी’मा आयोजक बङ्गलादेश, फिलिपिन्स र लाओस छन्। साबिक विजेताका नाताले नेपालले यसपटक सोझै बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाउन पाएको हो। नेपाली टोलीमा गोलकिपर विकेश कुथु, एलान न्यौपाने, विशाल श्रेष्ठ, डिफेण्डरमा दिनेश राजवंशी, देवेन्द्र तामाङ, कप्तान विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, सुमन अर्याल, मिडफिल्डरमा हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का, तेज तामाङ र फरवार्डमा भरत खवास, विमल घर्ती मगर, नवयुग श्रेष्ठ तथा अञ्जन विष्ट छन्।
 

प्रतिकृया दिनुहोस

टी–२० विश्वकप छनौट : रनरेटका आधारमा सिंगापुरलाई उछिन्दै नेपालले उचाल्याे ट्रफी

आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकप एसिया उपक्षेत्रीय छनोटमा नेपाल विजेता बनेको छ ।  सात टोली सम्मिलित प्रतियोगिता अन्तर्गत सिंगापुरविरुद्धको

#MeToo मा फसे क्रिकेटर लसिथ मलिंगा, बलात्कारको आरोप लाग्यो

सामाजिक सञ्जालमा सुरु भएको #MeToo  अभियानमा बलिउड र मिडिया वर्ल्डका हस्तीहरुका नाम विवादमा मुछिएपछि अब क्रिकेटरका नाम पनि अगाडि आउन थालेको छ । पहिले

#MeToo मा फसे क्रिकेटर लसिथ मलिंगा, बलात्कारको आरोप लाग्यो

सामाजिक सञ्जालमा सुरु भएको #MeToo  अभियानमा बलिउड र मिडिया वर्ल्डका हस्तीहरुका नाम विवादमा मुछिएपछि अब क्रिकेटरका नाम पनि अगाडि आउन थालेको छ । पहिले