भाडामा मनपरी

पाँचथर
मेची राजमार्गका पाँचथर ताप्लेजुङ र इलाम पाँचथर सडक खण्डमा चल्ने सवारी साधनले आफुखुशी भाडा संकलन गर्दै आएका छन ।
करिब डेढसाता अघि सरकार र यातायात व्यवसायी विच १० प्रतिसतसम्म भाडा बृद्धी गर्ने गरी भएको सहमति विपरित सवारी साधनले आफुखुशी भाडा संकलन गर्दै आएका हुन ।
फिदिम ताप्लेजुङ सडक खण्डमा पर्ने सिंहापुरदेखि भालुचोक सम्मको ५ किलोमिटर सडकमा चल्ने जीप र वस सहितका सवारी साधनले ५० रुपैंया भाडा संकलन उठाउने गरेको गुनासो स्थानीयले गरेका छन ।
पक्की सडकमा प्रतिकिलोमिटर १० रुपैंयाका दरले भाडा संकलन हुँदै आएपनि स्थानीय सरकार र प्रशासनले हालसम्म नियन्त्रणका लागि चासो नदेखाएको हिलिहाङ १ का बिदोद उप्रेतीको गुनासो छ ।
सिंहापुर,भालुचोक मात्रै नभएर भालुचोकदेखि गणेशचोक,गणेशचोकदेखि थर्पु र गोपेटारदेखि जोरपोखरी क्षेत्रमा पनि सवारी साधनले प्रतिकिलोमिटर १० रुपैंयाका दरले भाडा असुलिरहेका छन । यता सदरमुकाम फिदिमवाट सामदिन,लालिखर्क र राँके क्षेत्रमा पनि सवारीले आफुखुसी भाडा संकलन गरिरहेको गुनासो आएको छ । पाँचथरका प्रमूख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले हालसम्म भाडा संकलनमा मनपरी भएको विषयमा लिखित उजुरी नपरेको बताए । यद्धपी गुनासो आएका क्षेत्रमा ट्राफिक र जनपथ प्रहरी परिचालन गरेर अनुगमन गर्ने उनको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस

तीन महिनाका लागि टेलिकमका २२ अफर

काठमाडौं - नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि सोमबारदेखि अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ । आफ्ना ग्राहकलाई कम शुल्कमा बढी सुविधा दिन

बढी भाडा लिने ५ सय वटा गाडीलाई कारबाही

काठमाडौं - बडा दशैँमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने ५०० सार्वजनिक यातायातलाई कारबाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।  दशैँको

सुनको भाउ बढ्यो, ६० हजार रुपैयाँ तोलामा कारोबार

काठमाडौं – सुनको भाउले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । सुन शुक्रबार तोलाको ६० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले