नेपाल आयल निगमले भन्यो- मासिक घाटा एक अर्ब नाघ्छ

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मासिक घाटा बढेर एक अर्ब २९ करोड रुपैयाँ पुग्ने तथ्य सार्वजनिक गरेको छ। निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण निगमको मासिक घाटा बढेको हो। भारतीय आयल कर्पोरेशनले आज पठाएको पछिल्लो मूल्यसूचीका आधारमा पछिल्लो १५ दिनमा मात्रै ६४ करोड ५७ लाख रुपैयाँ घाटा भएको छ। उनका अनुसार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ४५ पैसा, डिजलमा चार रुपैयाँ ४३ पैसा खाना पकाउने एलपिजी ग्यासमा प्रतिसिलिण्डर ४०४ रुपैयाँ ७३ पैसा घाटा रहेको छ। नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फ पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ ७५ पैसा र डिजल ३० रुपैयाँ १६ पैसा सस्तो रहेको छ।
 

प्रतिकृया दिनुहोस

तीन महिनाका लागि टेलिकमका २२ अफर

काठमाडौं - नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि सोमबारदेखि अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ । आफ्ना ग्राहकलाई कम शुल्कमा बढी सुविधा दिन

बढी भाडा लिने ५ सय वटा गाडीलाई कारबाही

काठमाडौं - बडा दशैँमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने ५०० सार्वजनिक यातायातलाई कारबाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।  दशैँको

सुनको भाउ बढ्यो, ६० हजार रुपैयाँ तोलामा कारोबार

काठमाडौं – सुनको भाउले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । सुन शुक्रबार तोलाको ६० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले