अपांगता भएका ब्याक्तिहरुको प्रतिभा पहिचानको लागि नेपालको टेलिभिजनको इतिहासमा पहिलो रियालिटी शो हुने

अपांगता भएका ब्याक्तिहरुको प्रतिभा पहिचानको लागि नेपालको टेलिभिजनको इतिहासमा पहिलो रियालिटी शो हुने भएको छ । प्रतिभा पहिचान र प्रस्फुटनका लागि सहज होस भनी पहिलो पटक मिस्टर एन्ड मिसेज नेपाल फर डिसेबलिटी २०१८ आयोजना हुन लागेको हो ।

 प्रतिभावान अपाङ्गता भएकाहरुलाई टेलिभिजन रियालिटी शो कार्यक्रम आफ्नो प्रतिभा प्रस्तुत गर्ने मौका यो कार्यक्रमबाट हुने र अपांगता भएका हरुको आत्मसम्मान बढने विस्वास आयोजकले लिएको छ । अपाङ्गता भएका ब्यक्तीहरु समाजमा आफ्नो भुमिका प्रदर्शन गर्न , काम तथा रोजगारीमा सामेल हुन अनि गुणस्तरीय तथा सम्मान्जनक जीवनयापनबाट बन्चित रहने गरेको छर्लङ्ग छ ।

यही धारणा बिध्यमान रहेको बेला राष्ट्रीय अनुसन्धान तथा विकाश केन्द्र , युनिभर्सल मिडिया ग्रुप र इन्टरने्सनल मिडिया हबको संयुक्त आयोजनामा विश्वमा पहिलो पटक यो प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतिभावान अपाङ्गता भएकाहरुलाइ टेलिभिजन रियालिटी शो कार्यक्रम आफ्नो कला प्रस्तुत गर्ने उपयुक्त थलो हुने आयोजकको भनाइ छ ।

यो कार्यक्रम देशका ७ ओटै प्रदेशमा आयोजना हुनेछ भने देशभरबाट ३००० भन्दा बढी को सहभागी रहने अनुमान तथा बिश्वास आयोजकले लिएको छ । अडिसनबाट छनिएका ३५ जनालाइ टि भि शो मा लगिने र ३५ बाट १० जना अन्तिम प्रतिस्पर्धामा उत्रिने छन । हरेक हप्ता १ जना बाहिरिने छ ।

कार्यक्रममा १६ देखि ६० वर्ष सम्मका अपाङ्गता भएकाले भाग लिन सक्नेछन । प्रथमलाइ अवस्था अनुसारको सवारी साधन , रु ३ लाख र विभिन्न गिफ्ट , दोस्रोलाइ रु 3 लाख र गिफ्ट र तेस्रो लाई 2 लाख र गिफ्ट दिइने छ र यस्को फाइनल दुबैमा गरिने आयोजकको भनाइ छ । कार्यक्रमबाट गायन, नृत्य , नाटक , वाक कला , चित्र कला, फेसन सो , ह्विल चियर डान्स , छडी क्यट्वर्क जस्ता विभिन्न प्रतिभा को हौसला र रास्ट्रीय कलाकार बन्ने चाहाना साथै समाजमा स्थापित हुने अवसर प्रदान होस भन्ने उदेश्यले यो कार्यक्रम को आयोजना गरिने आयोजकले जनाएको छ ।

 यसै बिच गत असोज १० गते होटेल हार्दिक बागबजारमा एक समारोह बिच प्रेसमिट को आयोजना गरिएको थियो ।आयोजक टिम का प्रमुख निलकण्ठ पौडेल को अध्यक्षतामा आयोजित समारोहमा भु पु पर्यटन मन्त्री क्रीपासुर शेर्पा प्रमुख अतिथी तस्तै अतिथी मा NRN आयरलेन्ड भु पु अध्यक्ष गणेश प्रसाईं , ब्लाइन्ड रक फाउन्डर श्रीस्टी के सि , साहित्यकार बिजय बजिमय , हास्य कलाकार सुरेन्द्र के सि ( मुलाका साग) , कलाकार भिम के सि , गयक प्रकाश तिमिल्सिना , गयक सिताराम पोखरेल लगायतको उपस्तिथी थियो भने कार्यक्रमलाइ गायिका बिष्णुमाया न्यौपानेले संचालन गर्नुभएको थियो ।

उपस्तिथि धेरैले नेपालमा पहिलो पटक राम्रो कामको थलनी भएको छ यस्लाइ अगाडी ब्ढ्न हाम्रो साथ र सहयोग छ भन्दै क्यास तथा चेक सन्तान्तरण का साथमा शुभकामना मनतब्य ब्यक्त गर्नुभएको थियो भने गायक प्रकाश तिमिल्सिना र ब्लाइन्ड रक कि फाउन्डर श्रीस्टी के सि लाई विशेष सम्मान गरिएको कार्यक्रम को अन्तिममा सम्पुर्ण मिडियालाइ एकमुस्ट सम्मान गर्दै राम्रो कुरालाइ राम्रो तरिकाले प्रचार प्रसार गर्न बिनम्रता का साथ आग्रह समेत गरिएको थियो ।

रास्ट्रीय जनगणना २०६८ को तथ्यांक अनुसार नेपालमा ५ लाख ३ हजार ३२१ जना अर्थात कुल जनसंख्या को १.९४% अपाङ्गता भएका ब्यक्ती रहेका छन । अहिले त्यो संख्या अझै बढीरहेको देख्न सकिन्छ । अर्धविकसित तथा अविकसित देशहरूमा अपाङ्गता भएका ब्यक्तिहरुको संख्या १० देखि १५% रहेको छ । विश्व स्वास्थ सङ्गठनको तथ्यांकलाइ आधार मन्ने हो भने नेपालमा ३० लाख भन्दा बढी अपाङ्गता भएका रहेको अनुमान गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

‘द कपिल शर्मा शो’ लिएर फेरि फर्कदै कमेडियन कपिल

टेलिभिजनको चर्चित शो ‘द कपिल शर्मा शो’ एकपटक फेरि सुरु हुँदैछ । यस पटकको शो मा पनि चर्चित कमेडियन कपिल शर्मा कमेडीमार्फत दर्शकहरुलाई मनोरञ्जन

बोल्ड अवतारमा खुशी, सामाजिक सञ्जालमा भाइरल बन्यो तस्बिर

अभिनेत्री श्रीदेवी र बोनी कपूरकी कान्छी छोरी खुशी कपूरको एक तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भाइरल भइरहेको तस्बिरमा खुशी निकै स्टाइलिस र

हाउसफुल ४ को सेटबाट नाना पाटेकर गायब, बलिउडका थुप्रै कलाकारले दिए तनुश्रीलार्इ साथ

बलिउडका चर्चित अभिनेता नाना पाटेकर र अभिनेत्री तनुश्री दत्ताबीचको विवाद दिनानुदिन बढ्दै गइरहेको छ ।  तनुश्रीले १० वर्षअघि नाना पाटेकरले फिल्म