प्रदेश १ : घरेलु हिंसासम्बन्धी विधेयक पारित

विराटनगर : प्रदेश १ को प्रदेशसभाबाट प्रदेश घरेलु हिंसाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक २०७५ पारित भएको छ। प्रदेशसभाको दोस्रो अधिवेशनको ४७औँ बैठकले २२औँ विधेयकको रूपमा घरेलु हिंसा सम्बन्धमा बनेको विधेयक पारित गरेको हो। प्रदेससभाको बिहीबार बसेको बैठकले सामाजिक विकास मन्त्रालयले पेश गरेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो। सामाविक विकास मन्त्रालयले तयार पारेको यो दोस्रो विधेयक हो। यसअघि मन्त्रालयले तयार गरेको सामाजिक संस्थासम्बन्धी विधेयक प्रदेशसभाले पारित गरिसकेको छ। समाजमा विद्यमान विभिन्न रूपमा घरेलु हिंसाको कानुनी उपचार र पीडितको उपचार तथा संरक्षणको व्यवस्था विधेयकमा गरिएको छ। विधेयकमा १६ दफा रहेका छन्। झण्डै एक महिनाअघि प्रदेशसभामा पेस भएको विधेयक सामाजिक विकास समितिमा दफावार छलफलपछि सदनमा पेस भएको थियो। भूमिहीनलाई जमिन उपलब्ध गराउन माग बिहीबारको प्रदेशसभा बैठकको शून्य समयमा प्रदेशसभा सदस्य अम्बिका थापाले भूमिहीन सुकुम्बासीहरूलाई जग्गाको प्रवन्ध गर्न माग गरेकी छन्। उनले सरकारी खालीपर्ती जमिनमा वर्षौंदेखि बसोबास गर्दै आइरहेका भूमिहिनहरूलाई संविधानले ग्यारेन्टी गरेको आवासको अधिकार कार्यान्वयन गर्दै जमिन उपलब्ध गराउन माग गरेकी हुन्।
 

प्रतिकृया दिनुहोस

प्रदेश २ काे प्रहरीसेवा विधेयक बहुमतबाट पारित

जनकपुरधाम : प्रदेश २ मा प्रदेश प्रहरीसेवा सम्बन्धमा बनेको विधेयक बहुमतबाट पारित भएको छ। चार महिनादेखि प्रदेशसभामा विचाराधीन अवस्थामा रहेको प्रदेश

वृद्धभत्ता पाँच हजार पुग्छ : मन्त्री विष्ट

सिन्धुपाल्चोक - श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले आगामी पाँच वर्षभित्र वृद्ध भत्ता पाँच हजार पुग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।  नेपाल

प्रधानमन्त्री ओली झापा आउदै

विर्तामोड | प्रधानमन्त्री केपी शर्मा ओली कार्तिक १ गते झापा आउनु हुने भएको छ । विगतका बर्षहरुमा उहाँले गर्नु भएको चियापान समारोहलाई निरन्तरता