भुक्तानी नपाएपछि उखु किसान आन्दोलित

सोज ११, २०७५ नवलपरासी : एक वर्ष बित्दा समेत भुक्तानी नपाएको उखु किसानहरुले आन्दोलनको चेतावनी दिएका छन्। चाडबाड नजिकिँदै जाँदा उखु बेचेको रकम चिनी मिल सञ्चालकहरुले भुक्तानी नगरेकाले आन्दोलनको बिकल्प नभएको उनीहरुले बताए।  किसानहरुले प्रतापपुरको बेलाटारीमा उखु कृषकहरुको बृहत् भेला गरेर आन्दोलनमा जाने निर्णय गरेका हुन्। उनीहरुले माग पूरा नभए असोज १२ देखि त्यस क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्ग अनिश्चितकालीन बन्द गर्ने निर्णय गरेको उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए। किसानहरुले केही वर्षदेखि भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम भुक्तानी गर्नुपर्ने, नेपाल सरकारले किसानलाई उपलब्ध गराउँदै आएको अनुदान रकम एकमुष्ठ रुपमा समायोजन गरी भुक्तानी दिनुपर्ने र यस वर्षको उखुको मूल्य तोकी सरकारले भुक्तानी गर्ने तालिका समेत प्रकाशन गर्नुपर्ने माग राखेका छन्। यस क्षेत्रका उखु किसानलाई बाग्मती सुगर मिल कुडियाले २८ करोड, इन्दिरा सुगर मिल लक्ष्मीपुरले १७ करोड र लुम्बिनी चिनी मिल सुनवललले एक करोड ५० लाख भुक्तानी गर्न बाँकी रहेको छ। 
 

प्रतिकृया दिनुहोस

उदयपुरगढीमा फैलियो खोरेत रोग, नियन्त्रणमा चुनौती

असोज २२, २०७५ उदयपुर : उदयपुरगढी गाउँपालिकामा पशुमा फैलिएको खोरेत रोगले किसानमा त्रास छाएको छ। खोरेलतले पशु मर्न र अर्कोमा सर्न थालेपछि किसानमा

१०० किलो बोका बेचे १० हजार अनुदान

असोज ९, २०७५ गुल्मी : नेपालमा कृषि र पशुपालनको माध्यमबाट आत्मनिर्भर बनाउन सकिने भन्दै जिल्लाको मालिका गाउँपालिकाले भारी अनुदानको व्यवस्था गरेको छ।

रुद्राक्षको सुरुक्षाका लागि सीसी क्यामेरा

भोजपुर – भोजपुरमा पछिल्लो समय आम्दानीको स्रोत बनेको रुद्राक्षको सुरक्षाको लागि कृषकले सीसी क्यामेरा जडान गर्न थालेका छन् । अन्तर्राष्ट्रिय बजारमा