दशैं गीतमा परदेशीका दुःख

असोज १०, २०७५ बागलुङ : परदेशी जीवन र महान् चाडका अवसरमा कुँडिने मनलाई सम्बोधन गर्नका लागि हेमन्त खड्काले 'परदेशीको दु:ख' गीत बजारमा ल्याएका छन्। आयो दशैं तिहार नि आउँदै छ प्रदेशीलाई रुन मन लाउँदै छ सम्झी रुँदै आँसु नझार घर आउन पाइनँ म पियारी बालबच्चालाई रुने नपार उल्लिखित शब्दलहरहरू दशैं गीतमा संग्रहीत शब्द हुन्। पाँच वर्षसम्म कतारमा काम गरेर घर फर्केका खड्काले दशैंमा विदेशमा हुँदाको पीडा समेटेर पहिलो एल्बम बजारमा ल्याएका हुन्। विदेशीको दुःख र घरको बाध्यतालाई उजागर गर्न दशैं गीतको रुपमा बजारमा आएको एल्बमले उनका अनुभवलाई एकैपटक समेट्न नसकेपछि खड्काले तीन वर्षदेखि शृंखलाबद्ध रूपमा दशैं एल्बममार्फत परदेशीका पीडाको सम्बोधन गर्दै आएका छन्। उनको पछिल्लो एल्बम परदेशीको दशैं भाग–३ बजारमा आइसकेको छ। विदेशमा रहँदा घर व्यवहारको मिलाउनुपर्ने बाध्यता र चाड पर्वका बेला घर पुग्न आत्तिने मनको भावनात्मक चर्चा खड्काको गीतमा गरिएको छ। परदेशीको दशैं भाग–३ मा समावेश शव्दहरुले समाजमा रहेको वर्गीय खाडल र बिदेसिनु पर्ने बाध्यतालाई उजागर गरेको खड्काले बताए। आफ्नै शब्‍द र लयमा बजारमा आएको गीतले आम नेपालीको साझा समस्याको प्रतिनिधित्व गरेको खड्काको दाबी छ। बाल्यकालमा रेडियो नेपालले बजाएका गीत सुनेर कलाकार बन्ने रहर साँचेर हिँडेका खड्काले हालसम्म दर्जन बढी गीत बजारमा पुर्‍याइसकेका छन्। बाल्यकालदेखि नै नेपाली लोकगीत संगीतमा चासो राख्ने खड्काले समसामयिक विषयवस्तु र माया प्रेममा आधारित कैंयौं गीतहरु लेखेका छन्। खस्कँदो सांगीतिक बजारका कारण गीतमा गरेको लगानी उठाउन हम्मेहम्मे हुने भए पनि १५ वटा गीतमा लगानी गरिसकेको खड्काले बताए।

प्रतिकृया दिनुहोस

क्रिश्चियन परम्परा अनुसार निक र प्रियंकाको विवाह सकियो

अभिनेत्री प्रियंका चोपडा र निक जोनसले विवाह गरिसकेका छन् । प्रियंका र निकले डिसेक्बर १ शनिबारका दिन जोधपुरको उम्मेद भवन प्यालेसमा क्रिश्चियन

अम्बानीकी छोरीको विवाह निम्तो कार्ड झन्डै पाँच लाखको!(video)

यो वर्षको विवाह पञ्चमीमा भारतीय धनाढ्य मुकेश अम्बानीकी छोरीको विवाह पनि हुँदैछ। तर ईशा अम्बानी र आनन्द पिरामलको यो जोडीको चर्चा विवाहपहिल्यै नै

ग्याष्ट्रिकबाट कसरी जोगिने?

खाद्य नलीले खाएको खानेकुरा पेटमा पुर्‍याउँछ । पेटमा प्रकृतिले एसिड निकाल्छ यो प्रकृतीजन्य कुरा हो। एसिडको आफ्नै काम हुन्छ । खानासँग भित्र गएका