भारतले लगाएको नाकाबन्दीको पीडा : न्युयाेर्कमा यसरी सम्झिए प्रधानमन्त्री ओलीले (भिडियो)

असोज १०, २०७५ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्।  अष्ट्रिलयाका प्रधानमन्त्री अध्यक्ष रहेको एसिया सोसाइटीले मंगलबार न्युयोर्कमा आयोजना गरेको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले जलविद्युत, पर्यटन, कृषिलगायत अन्य क्षेत्रमा धेरै सम्भावना रहेको भन्दै लगानी गर्न आग्रह गरेका हुन्।  ‘हामी नेपाललाई समृद्ध बनाउने अभियानमा छौँ, धेरैथरिका समस्या हाम्रा बीचमा छन्, तर हामी समृद्ध नेपाल सुखी नेपालीको अभियानमा छौँ’, प्रधानमन्त्री ओलीले भने, ‘तपाईँहरूले केही वर्ष पहिले घुमेको र देखेकोभन्दा अहिलेको नेपाल धेरै फरक छ।’  उनले नेपालीहरूको प्रतिव्यक्ति आय अबको केही वर्षमा वृद्धि हुने र २०३० सम्म नेपाल समृद्ध बन्नेमा आशा व्यक्त गरे। उनले भारतले नाकाबन्दी गरेका बेला नेपालले सहनु परेको पीडा सम्झिँदै आफूले समेत कष्ट सहनुपरेको सुनाए। भूकम्पले क्षतिग्रस्त संरचनाको पुनर्निमार्णका लागि अमेरिकालगायतका देशहरुबाट सहयोग प्राप्त भएकोमा उनले धन्यवाद दिए। अहिले नेपालमा स्थिर सरकार रहेको जनाउँदै प्रधानमन्त्री ओलीले पर्यटन, शिक्षा, स्वास्थ्य, जलविद्युत, कृषि क्षेत्रमा आधुनिक प्रविधि प्रयोगमा जाेड दिनुपर्ने आवश्यकता रहेको बताए। उनले विवादास्पद जस्ता देखिने कानुनको सुधार आवश्यक रहेको महसुस गरेको बताए। केही वर्षमै देशको कायापलट गर्ने सोच बनाउनु भएको रहेछ भन्ने सहभागीको जिज्ञासामा प्रधानमन्त्री ओलीले भने, 'हाम्रो ठूलो आधार पर्यटन र जलविद्युत हो, जसबाट हामी समृद्ध बन्न सक्छौँ। धेरै नेपालीहरु कृषिमा निर्भर छन्, यसको आधुनिकीकरण अावश्यक छ। यसो हुन सके मात्र नेपालको विकास धेरै छिटो गर्न सम्भव छ।' प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा समेत सहभागी भए। ओलीले बिहीबार महासभाको ७३ औं महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

प्रतिकृया दिनुहोस

अन्तरप्रदेश परिषद्को बैठक आज बस्दै

काठमाडौं – अन्तरप्रदेश परिषद्को बैठक आइतबार बस्दैछ । प्रदेश सरकारले अहिलेसम्म गरेका कामकारवाहीको समीक्षा तथा भोग्नुपरेका अप्ठ्याराका विषयमा

विधान मस्यौदामाथि छलफल सुस्त, महासमितिलाई असर गर्न सक्ने

काठमाडौं : नेपाली कांग्रेसको विधान मस्यौदामाथि छलफल सुस्त गतिमा अघि बढेको छ। महासमिति बैठक आउन एक साता मात्र बाँकी रहँदा पनि पार्टी केन्द्रीय

'नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपम'

काठमाडौं - एशिया प्रशान्त सम्मेलनले नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपम रहेको र शान्ति कायम गर्न सबैले यसको अध्ययन गर्नुपर्नेमा जोड दिएको छ