‘बाम गठबन्धन हाँस र कुखुराको जस्तो मिलन’


झापा कात्तिक २९ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार छन् । उनका प्रतिश्पर्धी छन्, कांग्रेस नेता डा खगेन्द्र अधिकारी । चुनावी प्रचारमा व्यस्त रहेका अधिकारी पुर्वप्रधानमन्त्री केपी ओलीलाई एक मतले भए पनि जित्ने कुरामा ढुक्क रहेको बताउँछन् । साथै उनले बाम गठबन्धनलाई हाँस र कुखुरा बिचको मिलनका रुपमा तुलना गरेका छन् । झापा ५ का कांग्रेस उम्मेद्वारले कञ्चनजङ्घा एफ एमसंग गरेको कुराकानीः
चुनावी प्रचार अभियार सुरु गर्नु भएको छ, कसरी अगाडी बढ्दै हुनुहुन्छ ?
चुनावी प्रचार अभियान हाम्रो एकदम उत्साहका साथ अगाडी बढीरहेको छ । सम्पुर्ण चुनाव प्रचार प्रसार समितीहरु गठन भएको छ । तल्लो प्रदेश र माथ्लो प्रदेशको गरेर दुई तहको चुनावी प्रचार प्रसार समिती गठन भइसकेको छ । त्यसको मुल स्टेरिङ कमिटी जुन निर्देशन समिती हुन्छ । त्यसको निर्देशन आदर्णिय हाम्रा गुरु पुर्णानन्द सर उहाँले गर्नुभएको छ । र, उहाँको नेतृत्वमा सम्पुर्ण पार्टीका अग्रज नेता ज्यूहरु एकताबद्ध भएर रहनुभएको छ । र, चुनावी अभियान गाँउ गाँउ सम्म अत्यन्त द्रत गतिका साथ अगाडी गइरहेको छ । 
एमाले अध्यक्ष केपी शर्मा ओली संग तपाईको चुनावी प्रतिश्पर्धा हुँदैछ कसरी लिनुभएको छ ?
मैले यसलाई अत्यन्त सहज रुपमा लिएको छु । यो प्रतिश्पर्धा एमाले अध्यक्ष ओली र मेरो होइन । यो प्रतिश्पर्धा नेकपा एमाले संगको एउटा बामपन्थी गठबन्धन र एउटा नेपाली कांग्रेसको नेतृत्वमा भएको लोकतान्त्रिक गठबन्धन, यो बिचको प्रतिश्पर्धा हो जस्तो लाग्छ मलाई । त्यसको प्रतिनिधि पात्रको रुपमा एउटा म रहेको छु भने, अर्को प्रतिश्पर्धी र पात्रको रुपमा नेकपा एकालेका अध्यक्ष रहनुभएको छ । यसलाई मैले अत्यन्त सहज रुपमा लिएको छु ।  र, जनताको आशा विश्वास र भरोसा बाट यो विजयी हुने कुरा हो । मैले कुनै अप्mठ्यारो महशुस गरेको छुइँन । एकदम सहज रुपमा लिएको छु र आत्मविश्वासका साथ लिएको र विजयी हुन्छु भन्ने कुरामा म निस्चिन्त छु ।
झापा क्षेत्र नम्बर ५ मा आप्mनो जित कसरी सुनिस्चित छ भन्नुहुन्छ ?
झापा क्षेत्र नम्बर ५ का जनता अत्यन्तै सचेत नागरिक हुनुहुन्छ । उहाँहरु यो एउटा निर्वाचनको दौरानमा म आप्mना कुराहरु उहाँहरुलाई बुझाइरहेको छु । लोकतन्त्र र प्रजातन्त्रलाई बचाउनु पर्छ भन्ने पक्षमा मैले आप्mनो अभियान चलाएको छु । बामपन्थी सर्वसत्तावाद बाट अब मुलुकलाई बचाउनु पर्छ जुन कुरा चाँही उहाँहरुले पनि स्वीकारेको विषयवस्तु हो । २०४६ सालमा प्रजातन्त्र ल्याउँदा नेकपा माले लगायतका अन्य बाम घटकहरु नेपाली कांग्रेसको नेतृत्वमा आएर अनि प्रजातन्त्रको पुनःस्थापना भएको हो । ०६२÷०६३ को लोकतान्त्रिक आन्दोलनमा नेकपा एमाले, अहिलेको माओवादी केन्द्र पनि कांग्रेसको नेतृत्वमा सहभागी बन्नुभयो र लोकतन्त्र आएको हो । त्यसले गर्दाखेरी लोकतन्त्रको पक्षमा सम्पुर्ण देश छ । उहाँहरु पनि हुनुहुन्थ्यो, तर अहिले हामी अर्को बाटो, यो संसदिय व्यवस्थाको पनि विकल्प छ है भन्ने जस्ता अभिव्यक्ती, दश बर्ष भित्र साम्यबाद तर्पm लक्षित हुने बाटो तय गरिसकेका छौं भनेर उहाँहरु लागि रहनुभएको छ । त्यो कुराले गर्दा जनता विचलित हुनुभएको छ । लोकतन्त्र प्रति जनताको अत्यन्त ठुलो भरोसा छ । र, यो निर्वाचनलाई मैले लोकतन्त्र र बामपन्थी सर्वसत्तावाद बिचको लडाइँका रुपमा लिएको छु । र, यो निर्वाचन अत्यन्त सहज ढंगले गइरहेको छ । जनताको माझ म मेरा कुराहरु बुझाउन गइरहेको छु । जनताका माझमा मैले भनिरहेको छु, एउटा पार्टीलाई संकट परेको खण्डमा म आप्mनो सुखसयलका कुराकानीलाई त्याग गरेर, मैले मेरो १७ बर्ष लामो प्राध्यापन पेशालाई छोडेर, म जनताको नोकर हुन आएको छु । सरकारको नोकर थिएँ, जनताको नोकर हुन आएको छु तपाइँहरु मलाई नोकर राख्नुहुन्छ की राख्नुहुन्न? भनेर मैले प्रश्न गर्ने गरेको छु । जनताको माझमा यि सम्पुर्ण कुराहरु पु¥याइसके पछाडी उहाँहरुले कुरा बुभ्mनुहुन्छ । त्यसपछि उहाँहरुले लोकतन्त्रका पक्षमा र हाम्रो पक्षमा मतदान गर्नुहुन्छ भन्ने कुरामा म अत्यन्त विश्वस्त छु ।
झापा क्षेत्र नम्बर ५ का जनताले तपाइँलाई मतदान गनुपर्ने आधारहरु के छन ?
झापा क्षेत्र नम्बर ५ का जनताले भोट गर्ने भनेको यहिका मात्र सिमित विसयवस्तुको एजेण्डा हेरेर होइन । यहाँका जनताले नेपाली काँग्रेसको प्रतिनिधिको रुपमा मलाई भोट हाल्नु पर्ने कारणहरु भनेको, केपी शर्मा ओली यहाँ बाट धेरै पटक विजयी भएर जानुभयो । उहाँले एकचोटी त यो क्षेत्र छोडेर जानुभएको हो । अर्को क्षेत्रलाई उहाँले रोज्नुभयो, अर्को क्षेत्रलाई बढी माया गर्नुभयो यो क्षेत्रलाई उहाँले छोड्नुभयो । उहाँ यहाँको स्थाइ बासिन्दा हुनुहुन्थ्यो, त्यसलाई पनि उहाँले भक्तपुरमा सार्नुभयो । म भनेको यहि क्षेत्रमा जन्मी, हुर्की, बढी, पढी र यहाँबाट सधै राजनिति गरेको मान्छे हुँ । म ०४८ साल देखी राजनीति गरेको मान्छे । मलाई यहाँका जनताले अत्यन्त माया गरेका छन । यो युवा व्यक्तित्व हो, अलिकति दुई चार अक्षर पढेको व्यक्तित्व हो र, उल्लाई चाँही हामीले भोट दिनुपर्छ । यो चाँही त्याग गरेर आएको व्यक्ती हो भनेर क्षेत्र नम्बर ५ का जनताले लिएको मैले बुझेको छु ।
चुनावी अभियानमा लागीरहँदा के आँकलन गर्दै हुनुहुन्छ, केपी शर्मा ओलीलाई कती मत अन्तरले जित्नुहुन्छ ?
अहिले नै तपाइँ हेर्नुहुन्छ भने, मौजुदा अवस्थामा म केपी ओली भन्दा एक मतले अगाडी छु । जस्को मैले कारण दिएको छु । के भनेदेखी, जनताले प्रारम्भिक चरणमा मानौं जनताले उहाँलाई र मलाई आधा आधा भोट देलान् । अनि उहाँले यो क्षेत्र बाट चाँही भोट नै हाल्न पाउनुहुन्न, उहाँ यहाँको मतदाता नै होइन । म यहाँको मतदाता हो, एक भोट त अहिले पनि मेरो बढी छ । निर्वाचनमा मैले मेरो कुरा जनतालाई भन्दै जाँदा, बुझाउँदै जाँदा, देशको समग्र विकासमा मेरो आप्mनो दृष्टिकोण भन्दै जाँदा यो अन्तर बढ्दै गएर ठुलो अन्तर पर्न सक्छ भन्ने मलाई लागेको छ । 
स्थानिय तहको नतिजालाई हेर्ने हो भने त क्षेत्र नम्बर ५ मा बाम गठबन्धन संग भारी मतअन्तर देखिन्छ नि यसलाई कसरी लिनुभएको छ ?
अब यो तपाईहरुले राम्रो संग विश्लेषण गर्नुहोस् । गौरिगञ्ज गाँउपालिका हामीले बहुमत साथ त्यहाँ जितेका छौं । गौरादहमा लामो समयदेखी उहाँहरुको लाल किल्ला त्यहाँ हामी विजयी भएका छौं । लखनपुरलाई उहाँहरुले झापाको रेड जोनका रुपमा परिभाषित गर्नुहुन्थ्यो त्यहाँ पनि हामी गोलामा मात्र पराजित भएका हौं । दमकमा उहाँहरु विजयी बन्नुभएको छ । यहाँ हाम्रो आन्तरिक कुराहरु मिल्न सकेको थिएन । त्यसले पनि थोरै असर ग¥यो । तर तपाई हेर्नुहोस् न, समग्र भोटमा उहाँहरुको कति प्रतिशत छ। उहाँहरुको ५० प्रतिशत माथि त नाघेको छैन । मैले आँकडा हेर्दा उहाँहरुले २५ प्रतिशत मत पाउनुभएको छ । धेरै उम्मेद्वार भएका कारण भोट बाँढिएको छ । त्यसले गर्दा उहाँहरुको पनि बलियो अवस्था यहाँ विलकुल होइन । थप कुरा के भने लोकतान्त्रिक गठबन्धनमा राप्रपा पनि सहभागी भएको हो । लोकतन्त्रको पक्षपोषण गर्ने पार्टीको रुपमा त्यो आउन खोजिरहेको छ । त्यो पार्टीका अधिकांश मतदाताले चाँही नेपाली कांग्रेसको पक्षमा मतदान गर्नुहुनेछ । किन, झापा जिल्लाको निम्ती मात्र हो लोकतान्त्रिक गठबन्धन? त्यो त विलकुल होइन । सारा राप्रपाका कार्यकर्ताले लोकतान्त्रिक गठबन्धनको पक्षमा हामी छौं भनेर भनिरहेका छन । यो मावा खोला बाट पुर्व आए पछि यो कायम हुँदैन ? उहाँहरु कै अध्यक्ष कमल थापाले भनिरहनु भएको छ । देश संकटमा पर्न आटेकोले नेपाली कांग्रेसको सरकारमा गयौं, लोकतान्त्रिक गठबन्धनमा सामेल भयौं भनेर भनिरहनु भा छ । के उहाँको निर्णय यहाँ लागु हुँदैन त? पक्का पनि हुन्छ । माओवादी भित्र पनि उहाँहरुको सिटको तालमेल मात्र हो । आफु कति सिट लिने आफु कसरी जित्ने के गर्ने भन्ने मात्र हो । उहाँहरुको बिचमा हाँस र कुखुराको जस्तो एकता भइरहेको छ । हाँसको चल्ला र कुखुराको चल्लाका बिचमा एकता भइरहेको छ । अब यी दुवै चल्ला कुखुरीले चराउँछे, तर पोखरीको छेउमा पुगेपछि हाँसका चल्ला पोखरी तिर जान्छन् । अब त्यो दिन चाँही मंसिर २१ गते आउँछ । त्यसैले विजयका आधारहरु प्रशस्त छन् । 
 

प्रतिकृया दिनुहोस

उद्धव भन्छन, विकासका काममा अहोरात्र खटेको छु / पवित्रा भन्छिन्, मतदाताको चित्तमा मल्हम पट्टी गर्नेछु

झापा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचनमा विशेष गरि कांग्रेस र बाम गठबन्धन बिच प्रतिश्पर्धा हुने देखीएको छ । यो निर्वाचन क्षेत्रमा काँग्रेसका