विवाहको डेट फाइनल

आश्विन १, २०७५

अन्तत: बलिउडको लोकप्रिय जोडी दीपिका पादुकोण र रणवीर सिंहको विवाह हुने पक्का भएको छ । धेरै पटक यो जोडीको विवाहको चर्चा चले पनि उनीहरूको विवाह हुन्छ कि हुँदैन, अनुमानबाहेक कसैले केही भन्न सक्ने स्थिति थिएन । 

अहिले उनीहरूको विवाह मिति तय भैसकेको भारतीय मिडियाहरूले जनाएका छन् । केही समयअघि मात्र श्रीलंका भ्रमणका क्रममा उतै इङ्गेजमेन्ट गरेका दीपिका–रणवीरले यही वर्षको २० नोभेम्बरमा इटलीमा विवाह गर्ने पक्का भएको बताइन्छ । 

उनीहरूको विवाह उनीहरू दुवैलाई मन पर्ने इटालीको लेक कोमो सहरमा हुनेछ । दीपिका–रणवीरले नजिकका साथीभाइ तथा परिवारका सदस्य गरी कम्तीमा ३०–३५ जनाको उपस्थितिमा विवाह गर्न लागेको बताइन्छ । यद्यपि उनीहरूले विवाहपछि मुम्बइ र दीपिकाको होमटाउन बैंगलुरुमा पार्टी दिनेछन् ।

प्रतिकृया दिनुहोस

क्रिश्चियन परम्परा अनुसार निक र प्रियंकाको विवाह सकियो

अभिनेत्री प्रियंका चोपडा र निक जोनसले विवाह गरिसकेका छन् । प्रियंका र निकले डिसेक्बर १ शनिबारका दिन जोधपुरको उम्मेद भवन प्यालेसमा क्रिश्चियन

अम्बानीकी छोरीको विवाह निम्तो कार्ड झन्डै पाँच लाखको!(video)

यो वर्षको विवाह पञ्चमीमा भारतीय धनाढ्य मुकेश अम्बानीकी छोरीको विवाह पनि हुँदैछ। तर ईशा अम्बानी र आनन्द पिरामलको यो जोडीको चर्चा विवाहपहिल्यै नै

ग्याष्ट्रिकबाट कसरी जोगिने?

खाद्य नलीले खाएको खानेकुरा पेटमा पुर्‍याउँछ । पेटमा प्रकृतिले एसिड निकाल्छ यो प्रकृतीजन्य कुरा हो। एसिडको आफ्नै काम हुन्छ । खानासँग भित्र गएका