मनोरञ्जन बलिउड सुपरस्टार गोविन्दा काठमाडौंमा

काठमाडौं : बलिउड सुपरस्टार गोविन्दा शनिबार नेपाल आएका छन्। बलिउड सुपरस्टार गोविन्दा आइतबार काठमाडौंमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’ वितरण समारोहमा सहभागी हुन छोरीका साथ शनिबार काठमाडौं आएका हुन्। उनको नेपाल बसाई ३ दिनको हुनेछ। बलिउड सुपरस्टार गोविन्दाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि संचारकर्मीमाझ नेपाललाई साहस र प्रेमको धर्ती भन्दै आफूलाई माया गर्ने नेपालीलाई धन्यवाद दिए। नेपाल बसाइका क्रममा पशुपतिनाथको दर्शन गर्ने र चन्द्रागिरि हिल्स पुग्ने आफ्नो योजना रहेको पनि उनले सुनाए। बलिउड सुपरस्टार गोविन्दाले नेपाल बसाइका क्रममा प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने कार्यक्रम रहेको छ। भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय कलाकारहरुसँगको सामूहिक भेटमा गोविन्दालाई ‘ज्वाइँ’ भन्दै सम्बोधन गरका थिए। गोविन्दाकी श्रीमती सुनिता आहुजा नेपाली मुलकी हुन्। यसअघि बलिउड सुपरस्टार गोविन्द अभिनेत्री मनीषा कोइरालाको विवाहमा सहभागी हुन नेपाल आएका थिए। आफ्नो गज्जवको डान्स स्टाइल र कमेडीका माध्यमबाट दर्शकको मनमा राज गरेका गोविन्दा बलिउडका चर्चित अभिनेता हुन्।
 

प्रतिकृया दिनुहोस

‘द कपिल शर्मा शो’ लिएर फेरि फर्कदै कमेडियन कपिल

टेलिभिजनको चर्चित शो ‘द कपिल शर्मा शो’ एकपटक फेरि सुरु हुँदैछ । यस पटकको शो मा पनि चर्चित कमेडियन कपिल शर्मा कमेडीमार्फत दर्शकहरुलाई मनोरञ्जन

बोल्ड अवतारमा खुशी, सामाजिक सञ्जालमा भाइरल बन्यो तस्बिर

अभिनेत्री श्रीदेवी र बोनी कपूरकी कान्छी छोरी खुशी कपूरको एक तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भाइरल भइरहेको तस्बिरमा खुशी निकै स्टाइलिस र

अपांगता भएका ब्याक्तिहरुको प्रतिभा पहिचानको लागि नेपालको टेलिभिजनको इतिहासमा पहिलो रियालिटी शो हुने

अपांगता भएका ब्याक्तिहरुको प्रतिभा पहिचानको लागि नेपालको टेलिभिजनको इतिहासमा पहिलो रियालिटी शो हुने भएको छ । प्रतिभा पहिचान र प्रस्फुटनका लागि सहज