कनकाई नगरमा बाल दिवसमा वक्तृत्व कला प्रतियोगिता

बाल दिवसको अवसरमा झापाको कनकाई नगरपालिकामा वडा स्तरिय वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको । कनकाई नगर बाल संजाल एंव कनकाई नगरपालिकाको संयुक्त आयोजनामा वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको हो

      नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा बिभिन्न वडाबाट सहभागि बालबालिकाले जंग फुड यसको असरका बिषयमा आप्mनो प्रस्तुती राखेका थिए । प्रतियोगितमा वडा नम्बर का बेदान्त तिम्सीना प्रथम, वडा नम्बर कि भुमिका गौतम वडा नम्बर कि शुष्मा कार्की दोस्रो तथा वडा नम्बर का विवेक नेपाली तेस्रो भएका थिए

      उनिहरुलाई क्रमसः हजार, हजार सय हजार रुपैँया सहित प्रमाण पत्र प्रदान गरिएको थियो प्रतियोगितको निर्णायकमा निर्मल खतिवडा, राजेन्द्र प्रसाद पोखरेल उमानाथ ढकाल रहनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख राजेन्द्र कुमार पोखरेलले प्रतियोगितमा गायन प्रस्तुत गर्ने सुरज भट्टराई तथा वक्तृत्वमा प्रथम हुने तिम्सीनालाई हौसला स्वरुप नगदद्धारा सम्मान जनाउनु भएको थियो

                                सोहि कार्यक्रमका बिच चेतना नेपालका ईन्द्र ओलीले जंग फुडका नकारात्मक असरका बिषयमा सहजिकरण गर्नु भएको थियो  नगरबाल संजालकी अध्यक्ष सारिका गिरिको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरकी उपप्रमुख मञ्जु प्रसाई, भृकुटी उच्च मा.बि.की अञ्जना सिटौला, शिक्षा समिति सदस्य ओम पाठक, वडा नम्बर अध्यक्ष प्रेम बहादुर कटुवाल लगायतले बोल्नु भएको थियो    कार्यक्रमकमो संचाल पुनम बस्नेतले गर्नु भएको नगर शिक्षा अधिकृत हरि प्रसाद मिश्रले जानकारी दिनु भयो

प्रतिकृया दिनुहोस

नेपालका वन्यजन्तु भारत हुँदै बंगलादेश तस्करी, चितुवाको छालासहित दुई नेपाली भारतमा पक्राउ

(झापा) : पूर्वी नेपालको झापाबाट भारत हुँदै तेस्रो मुलुक बंगलादेशतर्फ नेपालका वन्यजन्तुको तस्करी हुने घटना सार्वजनिक भएको छ। झापाको काँकडभिट्टा

आज माघे (मकर) सङ्क्रान्ति,माई मेलामा भक्तजनको घुइचो

पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे ९मकर० सङ्क्रान्ति पर्व आज देशभर मनाइँदैछ । सूर्य धनु राशिबाट

फाल्गुनन्द गोल्डकप : आर्मीलाई हराउँदै झापा–११ ले चुम्यो उपाधि

पाँचथर – पाँचथरको फिदिममा सम्पन्न १० औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा–११ ले जितेको छ । फिदिम माविको खेल मैदानमा