राष्ट्रिय बाल दिवस : बालबालिकाभन्दा अतिथि धेरै

दैलेख : भदौ २९ अर्थात राष्ट्रिय बाल दिवसमा दैलेख सदरमुकाममा रहेको जनता आधारभूत विद्यालयमा अनौठो दृश्य देखियो। 'सुखी नेपाली समृद्ध नेपाल बाल अधिकार सबैको सरोकार' भन्ने मूल नाराका साथ मनाउन लागेको राष्ट्रिय बाल दिवसमा बालबालिकाभन्दा दिवस मनाउन आएका अतिथिले मञ्च भरिएको थियो। जिल्लामा रहेका एक दर्जनभन्दा बढी गैरसरकारी संस्था र नारायण नगरपालिकाले आयोजनामा उक्त दिवस मनाइएको बाल दिवसमा सहभागी बालबालिकाभन्दा अतिथिले भरिभराउ भएपछि हल्लीखल्ली मच्चिएको थियो। बालबालिकाको अधिकारका बारेमा आम बालबालिकाहरूलाई जानकारी दिने उद्देश्यले गरिएको कार्यक्रममा अतिथिले भरिभराउ भएपछि अधिकारकर्मीले नै आलोचना गरेका थिए। अधिकारकर्मीले जिल्लामा बालबालीको क्षेत्रमा काम गर्ने बिभिन्न सस्थाहरुले बाल दिवस मनाउन बजेट छुट्याए पनि बाबालिको नाममा रकम खर्च नगरेको आरोप लगाएका छन्। नेपालले बाल अधिकार महासन्धि १९८९ लाई १४ सेप्टेम्बर मा अनुमोदन गरेर बालबालिकाको विकास र बालअधिकारको संरक्षणर बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रि प्रतिबद्धता प्रकट गरेको दिनकै आधारमा नेपालले हरेक वर्ष भदौ २९ मा राष्ट्रि बाल दिवस मनाउँदै आएको भए पनि दैलेख जिल्लामा बालबालिको अवस्थामा भने कुनै परिवर्तन हुन सकेको देखिदैन।
 

प्रतिकृया दिनुहोस

प्रयागराज कुम्भ मेला : ४९ दिन, १२ करोड भक्तजन

विश्वकै ठूलो मानिने कुम्भ मेला भारतको उत्तर प्रदेशको प्रयागराजमा मंगलबारबाट सुरु भएको छ ।  ४९ दिनसम्म चल्ने यो मेलाको समापन मार्च ४ मा हुनेछ भने

देशभर मौसममा बदली, पहाडी भूभागमा पानी पर्ने सम्भावना

काठमाडौं – शुक्रबार काठमाडौंउपत्यकासहित देशभरको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले देशभरी कै

नेपालीको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाईः प्रधानमन्त्री ओली

काठमाडौं, २७ पुस , प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण