रित्ताे हात स्वदेश फर्कियो नेपाली फुटबल टोली

काठमाडौं - बंगलादेशमा जारी साफ च्याम्पियनसिपकाे उपाधी जित्ने लक्ष्यका साथ प्रतियाेगितामा सहभागिता जनाएकाे नेपाली फुटबल टाेली विहीवार रित्ताे हात स्वदेश फर्किएकाे छ। सेमिफाइनलमा माल्दिभ्ससँग ३-० गाेलले पराजित भएपछि नेपाल रित्ताे हात स्वदेश फर्कनुपरेकाे हाे। समुह चरणमा अन्तर्गतकाे पहिलाे खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएकाे नेपाली टाेलीले त्यसपछिका खेलमा उत्कृष्ट पुनरागमन गर्दै भुटानलार्इ ४-० र अायाेजक बंगलादेशलार्इ २-० ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेकाे थियाे। पहिलाे पटक फाइनल प्रवेश गर्दै इतिहास काेर्ने लक्ष्यमा रहेकाे नेपालकाे सपना माल्दिभ्सले चकनाचुर पारेकाे थियाे।

 नेपाली टाेली विहीवार करीब साढे ११ बजे बंगलादेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकाे थियाे। नेपाली टाेलीकाे स्वागतका लागि अखिल नेपाल फुटबलका पदाधिकारी र खेल प्रशंसकहरु विमानस्थल पुगेका थिए। प्रतियाेगिताकाे उपाधीका लागि शनिवार माल्दिभ्स र भारतबीच प्रतिष्पर्धा हुनेछ। बुधवारनै भएकाे दाेस्राे सेमिफाइनलमा भारतले पाकिस्तानलार्इ ३-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएकाे थियाे।

प्रतिकृया दिनुहोस

पोखरामा थपियो नयाँ साहसिक खेल, 'एयर बेलुन'

मंसिर २, २०७५ चिप्लेढुंगा : पोखरामा पर्यटनमा साहसिक खेल 'एयर बेलुन' पनि थपिएको छ। साहसिक खेलको रूपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि

एटीपी फाइनल्सकाे उपाधिका लागि जोकोभिच र भेरेभ भिड्ने

वर्षको अन्तिम टेनिस प्रतियोगिता एटीपी फाइनल्सकाे उपाधिका लागि विश्व नम्बर एक नोभाक जोकोभिच र जर्मनीका अलेक्सान्दर भेरेभ भिड्ने भएका छन्

अन्तिम मिनेट रोक्न नसक्दा नेपालले बंगलादेशसँग पनि बराबरी खेल्यो, उत्कृष्ट उपविजेता हुँदै दोस्रो चरणमा

सन् २०२० मा जापानमा हुने ‘टोकियो ओलम्पिक २०२०’ महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोट प्रतियोगिता अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले