काभ्रेबाट काठमाडौं ल्याइयो इन्द्रजात्राको लिंगो

२८ भदौ, काठमाडौं । इन्द्रजात्रामा ठड्याइने लिंगोका लागि नालाबाट काठ ल्याइएको छ । नेवारी समुदायले भक्तपुर र काभ्रेको सिमानामा पर्ने नालादेखि बसन्तपुरसम्म तानेर ल्याएका हुन् ।

भदौ २६ गते राति ९:३० बजे पुजाअर्चना गरेर रुख ढालेको थियो । बुधबार त्यो लिङ्ग भक्तपुरको ठिमीमा ल्याएर राखेको थियो भने बिहीबार ठिमीबाट बसन्तपुरसम्म ल्याइएको छ ।

लिङ्गोका रूपमा प्रयोग गरिने काठको लम्बाई ३६ हात छ । भदौ ५ गते बसन्तपुरमा इन्द्रजात्राको लिङ्गो ठड्याइनेछ ।

वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी काठमाडौं उपत्यका र यस आसपासका जिल्लाहरुमा विशेष हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइन्छ । भाद्र शुक्लपक्ष द्वादशीको दिनदेखि आठ दिनसम्म मनाइने यस जात्राको प्रमुख कार्य लिंगो स्थापना हो ।

प्रतिकृया दिनुहोस

अमार्क एशिया प्यासिफिकको उपाध्यक्ष पदमा खतिवडा निर्वाचित

सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष सुवास खतिवडा सामुदायिक रेडियोहरुको विश्व सङ्गठन (अमार्क) एशिया प्यासिफिकको उपाध्यक्ष पदमा निर्वाचित

यस्तो बन्दैछ धरहरा

Facebook2,333TwitterGoogle+EmailPrintFriendlyShare काठमाडौं – भूकम्पपछि सबैभन्दा धेरै चासो र चर्चाका रुपमा रहेको धरहरा बनाउने काम बल्ल सुरु भएको छ । भूकम्पले भग्नावशेष बनेको

आज हरि बोधिनी एकादशी–तुलसी विवाह

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ