भाडा बढाउने दाउमा व्यवसायी, दसैंलाई टिकटको अग्रिम बुकिङ अझै खुलेन

काठमाडौँ — नेपाल यातायात व्यवसायी महासंघले ५ वर्षदेखि भाडा नबढेको र यातायात संघ–समितिका बैंक खाता रोक्का गरिएको भन्दै दसैंका लागि अग्रिम टिकट बुकिङ खुलाउन अटेरी गरेको छ । यसले दसैं मनाउन उपत्यकाबाहिर जानुपर्नेहरू मर्कामा परेका छन् । 

यातायात विभागले भदौ २४ बाटै अग्रिम बुकिङ खुलाउने जनाएको थियो । यसबारे विभागका अधिकारी र ब्यवसायीबीच ३ पटक वार्ता भइसकेको छ । विभाग महानिर्देशक लावण्यकुमार शर्मा भन्छन्, ‘ब्यवसायीसँग छलफल भइरहेको छ । जसरी पनि निकास निकाल्छौं ।’

विभागका अनुसार विभिन्न जिल्लाका करिब ४० लाख मानिस राजधानीमा बस्छन् । उनीहरू घर फर्कने मौका पारेर व्यवसायीले भाडा बढाउन खोजेका हुन् । व्यवसायीले सवारीसाधन दर्ता गर्दा सरकारको कानुन नमाने रुट परमिट खारेज हुनेसम्मको लिखित मञ्जुरी जनाएका हुन्छन् । ‘कानुनी बन्देज हुँदाहुँदै पनि टिकट नखुलाउने अडानमा बस्नु गलत हो । निर्देशन अटेर गरे कानुनबमोजिम कारबाही गरिनेछ,’ शर्माले भने ।

यातायात अभियन्ता रामबहादुर थापा भाडा बढे दसैंमा घर जाने यात्रु मर्कामा पर्ने मात्र नभई औषधि, खानेपानी, खाद्यवस्तु, लत्ताकपडा, तरकारी, फलफूललगायतमा पनि मूल्यवृद्धि हुने बताउँछन् । ‘२०४५ मा यात्रुसँग ५ रुपैयाँ लिने सडकमा अहिले ५० लिन्छन् । ट्याक्सीको मिटर ३ रुपैयाँबाट बढेर १४ पुगेको छ । ५ हजार रुपैयाँ लिने ढुवानी गाडीले ३० हजार लिन्छ । जब कि राज्यले व्यवसायीसँग लिनुपर्ने विभिन्न १० वटा शीर्षकमा कुनै राजस्व बढेको छैन,’ थापाले भने ।

विभागले जाँचपास, रुट परमिट, अञ्चलीकरण, नामसारी, प्रदूषण चेकजाँच, ब्लुबुक नवीकरण गर्दा लिनुपर्ने राजस्व बढाएको छैन । सरकारले ज्येष्ठ नागरिक, अपांगता तथा विद्यार्थीलाई छुट दिएबापत व्यवसायीलाई ४५ प्रतिशत कर छुट दिने गरेको छ । तर ज्येष्ठ नागरिक र अपांगता भएकाले छुट नपाएको गुनासो उत्तिकै छ । सरकारले सार्वजनिक गाडीमा १ देखि ४ किमिसम्म यात्रा गर्दा १३ रुपैयाँ भाडादर तोकेको छ । तर, गाडी चढ्नेबित्तिकै १५ रुपैयाँ र ४ किमि यात्रा गर्दा दोब्बरसम्म लिने गरिएको पाइएको छ ।

यातायात व्यवसायीले भने बैंक ऋण, चालक, सहचालकको खर्च र टायर, बेरिङलगायत १८ प्रकारका सामानको मूल्यवृद्धि भएकाले भाडा बढाउनुपर्ने तर्क गरेका छन् । महासंघ अध्यक्ष योगेन्द्र कर्माचार्यले गाडीमा लाग्ने इन्धन तथा पार्टपुर्जामा बर्सेनि मूल्यवृद्धि भए पनि सरकारले भाडादर समायोजन नगरेको गुनासो गरे । ‘भाडादर समायोजन नगरेको पाँच वर्ष भइसक्यो,’ उनले भने, ‘माग पूरा नभए दसैंमा थपिँदै आएका ५ सय बससमेत थप्न सकिँदैन ।’

प्रतिकृया दिनुहोस

नेपालमा आइएफसीले करिब एक खर्ब लगानी गर्ने, निजी क्षेत्रसँग सहकार्यको योजना, तीन वर्षमा खर्च गरिने

अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले नेपालको दिगो विकासका लागि करिब एक खर्ब रुपैयाँ लगानी गर्ने जनाएको छ। शुक्रबार आइएफसीले ८०० मिलियन डलर

कुन बैंक कति नाफामा ?

 बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेपाल फाइनान्सियल रिर्पोटिङ स्ट्याण्डर्ड (एनएफआरएस) मा प्रायः

अब नयाँ नोट साट्न दशैं कुर्न नपर्ने

दशैंबाहेक अन्य चाडपर्व तथा दिवसमा पनि अब नयाँ नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै विविध जातजाति तथा भाषाभाषीले मनाउने