डम्पिङ साइड बन्यो अदुवा खोला

 

केपी अधिकारी 
झापा माघ ७ । 


झापाको एउटा मुख्य बजार विर्तामोड । विर्तामोडमा दैनिक रुपमा कती फोहोर निस्कन्छ कसै संग तथ्यांक छैन । तर विर्तामोडमा उत्पादन हुने फोहोरको ५० प्रतिशत हिस्सा दैनिक रुपमा अदुवा खोलाले बगाउने गरेको छ । ५० प्रतिशत फोहोर पुर्व पश्चिम राजमार्गको विर्तामोड चारआली सडकको किनारमा पोखिन्छ ।


अर्जुनधारा नगरपालिकाको कुनै स्थानमा अदुवा खोलाको उत्पती स्थल छ । बर्खाको समयमा मात्र होइन अदुवा खोलामा हिउँद याममा पनि पानी निकै नै हुन्छ । अर्जुनधारा नगरपालिकाको क्षेत्र भरी खोलामा बाह्रैमास स्वच्छ पानी बग्छ । तर, जब खोला विर्तामोड क्षेत्रमा पस्छ पानीको स्वच्छता शुन्य बन्दै जान्छ । खोला बग्ने अर्जुनधारा नगर क्षेत्र भरी अहिले सम्म बाक्लो बस्ती विस्तार भइसकेको छैन । तर विर्तामोड नगर सुरु हुने वितिकै अदुवाखोला अतिक्रमण र फोहोरको चपेटामा पर्छ ।


अदुवा खोलाको छेउ छाउमा बनेका प्राय सबै घर बाट निस्कने फोहोर खोलाले नै निल्नु पर्छ । पिसाब देखी लुगा धोएको र नुहाएर निस्किएको पानी ढल मार्पmत खोलामा मिसाइएको छ । खोला छेउमा सुकुम्बासी वस्ती छ । सबै कहाँ शौचालय छैन । शौचालय नभएकाहरुले यहि खोलालाई शौच गर्ने थलो बनाएका छन् । 


विर्तामोडमा मासुका लागि गरिने पशु बद पछि त्यसको आन्द्रा भुँडीको फोहोर पनि कतिले यहि खोलामा फाल्ने गरेका छन् । खोला फोहोर भए पछि छाडा छोडीएका सुँगुर दिन भरी खोला भित्र पसेर फाहोर खान खोजिरहेका हुन्छन् । त्यती मात्र होइन खोला कै डिलमा कतीले सुँगुरका खोर बनाएका छन् । त्यहाँ बाट निस्कने फोहोर पनि अदुवा खोलाले नै बगाउँछ । 


विर्तामोड नगरपालिकाले दैनिक रुपमा फोहोर उठाउन नसक्दा अदुवा खोलाले डम्पिङ साइड बन्नु परेको छ । फोहोर व्यवस्थापनका लागि जमिन नपाएको भन्दै विर्तामोड नगरपालिकाले नगरको फोहोर उठाउन आल टाल गर्ने गरेको छ । नगरपालिका घोषणा भएको ३ बर्ष बितिसक्दा अभैm पनि डम्पिङ साइडको अत्तोपत्तो छैन । नगरपालिका भएकै बेलादेखी फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेको बताउने नगरपालिकाले यसका लागि ठोस् काम गरेको पाइँदैन । यसको मार अदुवा खोलाले भोगिरहेको छ । 


अदुवा खोलामा घरभित्रका बग्ने फोहोर देखी बच्चालाई लगाएका डाइपर सम्म फाल्ने गरिएको छ । काम नलाग्ने बनेका जुत्ता चप्पल तथा लुगा कपडा पनि अदुवा खोलामा बग्दै गरेका हुन्छन् । स्थानिय क्लिनीक तथा अस्पताल बाट निस्कने फोहोर पनि यहि खोलामा फाल्ने गरिएको छ । होटल बाट निस्कने अनेक किसिमका फोहोर र मदिराका बोत्तल पनि खोला भित्रै हुन्छन् ।


खोला दुङ्दुङ्ती गन्हाउने भएको छ । तर पनि खोला नजिक बसोबास गर्ने केहि समुदायको लुगा धुने र नुहाउने स्थान यहि हो । साना बच्चाहरु गर्मी समयमा यहि खोलामा गएर पौडी खेल्ने गर्छन् । विर्तामोड बाट दक्षिण बग्दै जाँदा कति किसानको खेतमा जाने तथा गाईवस्तुलाई खुवाउँने पानी पनि यहि हो । यति बुझेर पनि विर्तामोड बासीले वेवास्ता गरिदिँदा अदुवा खोलाको दुर्गती भएको हो ।


अदुवा खोला दिन प्रतिदिन प्रदुषित बन्दै गए पछि विर्तामोड नगरले एक बर्ष अघि सरसफाई अभियानको खाका तयार गर्यो । खाका कागजमा नै सिमित बन्यो । स्थानिय तह निर्वाचन पछि जनप्रतिनिधि आएका कारण अब अभैm बृहत रुपमा काम अघि बढाइने विर्तामोड नगरपालिकाका कर्मचारी मेघराज बाँस्तोलाले बताए । 
विर्तामोड नगरपालिकाको नगरसभाबाट अदुवा खोला सफाइका लागि वृहत योजना ल्याउने तयारी रहेको पनि उनले जानकारी दिए ।


 

प्रतिकृया दिनुहोस

लामखुट्टेको डसाईबाट हुने डेंगू रोग नियन्त्रणका लागि झापामा अभियान थालिएको छ ।

डेंगू रोग भदौ, असोज र कार्तिक महिना बढी भेटिने भएकाले यसको रोकथामका लागि प्रभावित क्षेत्रमा यो अभियान शुरु भएको हो । झापाका शिवसताक्षी, दमक, भद्रपुर

के तपार्इं मापसे गरी सवारी चलाउनु हुन्छ ? प्रहरीले लिने ट्राफिक परीक्षा दिन तयार हुनुहोस्

माेरङ – के तपार्इं मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने गर्नुहुन्छ ? छ भने अब मोरङ प्रहरीले लिने ट्राफिक परीक्षा दिन तयार हुनुहोस्

सुपरमाई हाइड्रोपावरबाट परीक्षण उत्पादन

असोज २५, २०७५ इलाम : इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालिले परीक्षण उत्पादन शुरु गरेको छ। इलाम नगरपालिका–५ बरबोटे र माईजोगमाई–४ सोयाङको