एसेज इग्ल्याण्डका लागि विर्सनलायक, अष्ट्रेलिया ४–० ले विजयी

झापा, पुस २४ । अष्ट्रेलियासँगको प्रतिष्ठित क्रिकेट शृङ्खलाको यसपटकको संस्करण इंग्ल्याण्डका लागि विर्सनलायक बनेको छ । अष्ट्रेलियासँग शृङ्खला ४–० ले गुमाउनुपरेपछि इंग्ल्याण्डका लागि यो सस्करण लाजमर्दो बनेको हो । पाँचाँै तथा अन्तिम टेष्टमा इंग्ल्याण्डलाई एक इनिङ र १ सय २३ रनले हराउँदै अष्ट्रेलियाले शृङ्खलाको नजिता एकतर्फी बनाएको हो ।

पहिलो पालीमा ३ सय ३ रनले पछि परेको इंग्ल्याण्डलाई दोश्रो पालीमा १ सय ८० रनमा अलआउट गर्दै अष्ट्रेलिया १ इनिङ र १ सय २३ रनले हराएको हो । अष्ट्रेलियाका पाट कमिन्सले ४ तथा नाथन लायनले ३ विकेट लिए । जोय रुटले ५८ रन बनाउनुबाहेक इंग्ल्याण्डका अरु खेलाडीको प्रदर्शन सम्झनलायक रहेन ।

अष्ट्रेलिया पहिलो खेलमा १० विकेटले, दोश्रोमा १ सय २० रनले, तेश्रोमा एक इनिङ र ४१ रनले विजयी भएको थियो । चौथो टेष्टमा बराबरी गर्नु नै इंग्ल्याण्डका लागि सान्त्वना नतिजा रह्यो । 

प्रतिकृया दिनुहोस

फाल्गुनन्द गोल्डकपको फाइनल आज ः  दुबै टिम भन्छन्, खेल हामी जित्छौं 

फिदिम, पुस १६ । पाँचथरको फिदिमममा जारी नबौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । प्रतियोगिताको फाइनलमा पुगेका दुबै

भारतद्धारा सिरिज कब्जा

झापा, पुष ३ । प्रारम्भिक ब्याट्सम्यान शिखर धवनले आकर्षक रूपमा शतक बनाएपछि श्रीलंकाविरुद्ध वान–डे इन्टरनेसनल सिरिजको निर्णायक खेलमा आइतबार भारतले

विराटनगर वारियर्समा हङकङका स्टार

झापा, पुष ३ । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विराटनगर वारियर्सले हङकङका स्टार ब्याट्सम्यानद्वय अनुस्मन रथ र बाबर