प्रदेश राजधानीको विषयले देउवालाई सकस

झापा, पुस २४ – राष्ट्रियसभाको चुनावपछि मात्रै सरकार छाड्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अप्ठ्यारोमा पर्नुभएको छ । राष्ट्रियसभा चुनावअघि प्रदेशको राजधानी र प्रदेश प्रमुख तोक्नुपर्ने संवैधानिक व्यवस्थालाई सम्बोधन गर्ने उचित बाटो पहिल्याउन नसक्दा उहाँ अप्ठ्यारोमा पर्नुभएको हो । 

अहिलेलाई प्रदेशको राजधानी नतोकी प्रदेश प्रमुख मात्रै तोक्ने तयारी भए पनि यसमा एमाले लगायत दलले बिरोध गरेका र यसो गर्नु संघीयताको मर्म विपरीत हुने टिप्पणी बढेपछि उहाँ झन् अलमलमा पर्नुभएको छ । यही अलमलले सोमबार बस्ने भनिएको मन्त्रिपरिषद बैठकको टुंगो लाग्न सकेको छैन ।

संविधान अनुसार प्रदेशको स्थायी राजधानी टुंग्याउने काम प्रदेशसभाको हो । त्यसअघि सरकारले अस्थायी राजधानी टुंगो लगाउन सक्ने संविधानमा उल्लेख छ । अस्थायी राजधानी र प्रदेश प्रमुख टुंगो लागेपछि प्रदेशसभाका सांसदले सम्बन्धित प्रदेश कार्यालयबाट शपथ लिनुपर्छ ।

त्यसपछि मात्रै राष्ट्रियसभा चुनावमा उनीहरुले मत दिन पाउँछन् । राष्ट्रियसभाको चुनाव माघ २४ गतेका लागि तय भैसकेको छ । माघ २४ गते राष्ट्रियसभा चुनाव हुने भएपछि एक दुई दिनभित्रै प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखको टुंगो लगाइसक्नुपर्ने बाध्यता छ ।
 

प्रतिकृया दिनुहोस

सुनसरी ३ मा पुनःमतगणनाको माग, सर्वोच्चमा रिट दायर

झापा पुस १२ । सुनसरी ३ मा पुनःमतगणना गर्नुपर्ने माग गर्दै वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एमाले) का भगवती चौधरीले सर्वोच्च

चुलाचुलीमा संघिय समाजवादी महिला फोरमको गठन

इलाम, पुष ९ । संघीय समाजवादी फोरमको चुलाचुली गाउँपालिकामा संघीय समाजवादी महिला फोरमको गठन गरिएको छ । महिला फोरमकी लिम्बूवान सचिव रिपल राईको प्रमुख

१ नम्बर प्रदेशको मुख्यमन्त्रीमा तेश्रो विकल्प राजेन्द्र राई

झापा पुष २ । नम्बर प्रदेशको मुख्यमन्त्रीका लागि एमाले भित्र तेश्रो विकल्पका रुपमा राजेन्द्र राईको नाम अघि सारिएको छ ।  पार्टी सचिव तथा प्रदेश