डेढसय  वर्षपछि नेपाली चियाको लोगो 

इलाम २४ पुस । नेपालमा चिया रोपिएको करिब ढेडसय वर्ष पछि विदेशी बजारमा बिक्रीकालागि चियाको नेपाली लोगो तयार भएको छ । चिया तथा कफी विकास बोर्ड, चिया उत्पादनसँग सम्बन्धित संस्था र चिया विज्ञहरुको लामो प्रयासपछि नेपाली अर्थोडक्स चियाकालागि लोगो तयार भएको हो । लोगोमा  हिमालको आकृतिसँगै ‘नेपाली टी क्वालिटी र्फम दी हिमालय’ लेखिएको छ । 

 विक्रम सम्वत् १९२० मा इलामबाट चिया खेती शुरु भएको थियो । चिया प्रशोधनकालागि विसं १९३५ मा इलाम सदरमुकाममा कारखाना स्थापना भएको थियो । तर, अहिलेसम्म नेपाली चियाले आफ्नो पहिचान पाउन सकेको थिएन । यसअघि भारत निकासी भएको नेपाली अर्थोडक्स चिया दार्जिलिङ्ग टीको लागो लागेर तेस्रो मुलुक जाने गरेको थियो । नेपालबाट सोझै तेस्रो मुलुक पठाइने चिया भने लोगो बिनै  अन्तर्रा्ष्ट्रिय बजारमा पुग्ने गरेको थियो ।

कृषि विकास मन्त्रालयले हिमालय टी प्रोड्युसर्स एशोसिएसन (होड्पा) र चिया तथा कफी विकास बोर्डको सहयोगमा लोगो र लोगो कार्यान्वयन निर्दे्शिका तयार गरेर कार्यान्वयनमा ल्याएको हो । तर, लोगो प्रयोग गर्नु र यसलाई स्थापित गर्नु निक्कै चुनौति रहेको लोगो तथा निर्देशिका निर्माणमा संलग्न चिया विज्ञ चन्द्रभूषण सुब्बा बताउनु भयो । 

प्रतिकृया दिनुहोस

नमुना बन्यो कन्काई नहर

केपी अधिकारी, झापा पुस १६ । कन्काई सिंचाइ व्यवस्थापन डिभिजन गैंडे झापामा प्रमुखको जिम्मेवारी सम्हाल्न २ बर्ष अघि विरेन्द्र प्रसाद यादव आए । कार्यभार

धानको मूल्य निर्धारण नहुँदा किसान मारमा

रेजिना गौतम झापा मंसिर ०५ । आफूहरुले उत्पादन गरेको धानको मूल्य निर्धारण नहुँदा किसानहरु मारमा पर्ने गरेको झापा घैलाडुब्बाका किसानहरुले गुनासो

प्रधानमन्त्री कार्यालयले थाहा पायो तरकारीको भाउ

झापा कात्तिक ३० ।  कृषि प्रधान देशको प्रधानमन्त्री कार्यालयले बल्ल चाल पाएको छ उपभोक्ताहरुले उपभोग गरिरहेको हरिया तरकारीको भाउ । तरकारीको भाउ