झापामा चिसोले जनजीवन कष्टकर

झापा पुस २२ । शनिबार देखी झापामा ह्वात्तै चिसो बढेको छ । चिसो बढेसँगै यहाँको जनजिवन नराम्ररी प्रभावित भएको छ । शुक्रबार दिउँसो घाम लागेको झापामा शनिबार बिहान हुस्सु लागेसंगै हावा चलेपछि चिसो झनै बढेको हो । 
अघिल्लो दिनको तुलनामा चिसो बढेपछि जिल्लाका अधिकांश बजार नराम्ररी प्रभावित भएका छन् । भद्रपुर बाट हुने हवाइ उडान पनि हुन सकेको छैन । जाडो महिना शुरु भएलगत्तै जिल्लामा शितलहर पनि बढेको छ । विशेष गरी गौरिगञ्ज, गौरादह, शिवगञ्ज, झापाबजार, बनियानि, बगान, भद्रपुर, पृथ्वीनगर लगायतका ग्रामिण बजार र बस्तीका स्थानीय बासी बढी प्रभावित भएका छन् । 
झापाको उत्तरी क्षेत्रमा रहेका बुधबारे, विर्तामोड, अर्जुनधारा, कन्काई नगर लगायतका क्षेत्रमा पनि बिहिबार विहान बाट चिसो बढेको छ । बाक्लो हुस्सु र शितलहरका कारण बिहान सवेरै खोलिने बजार पनि नखोलिएको व्यापारीहरुले बताएका छन ।
चिसोको कारण बालबालिका , बृद्धबृद्धा , गर्भवति महिला र सुत्केरि बढी प्रभावित बनेका छन् ।  बाक्लो हुस्सु, चिसो हावा र शितलहरले पूर्वपश्चिम राजमार्गमा समेत अघिल्ला दिनको तुलनामा सवारी साधनको चाप घटेको जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाले जनाएको छ । 
चिसोबाट बच्नका लागि न्यानो लुगा लगाउन, चिसो हावा चलेको बेला हिण्डुल नगर्न, दाउरा बालेर आगो ताप्न तथा तातो झोल पदार्थ पिउन चिकित्सकले सुझाव दिएका छन् । चिसोको कारण झाडापखला, खोकि लगायतका रोग देखा पर्ने भन्दै चिकीत्सकले रोगबाट बच्न आपैm सतर्क हुनुपर्ने  पनि बताएका छन् । 
 

प्रतिकृया दिनुहोस

अदालतको झमेलाले काठ र सवारी सड्दै

केपी अधिकारी झापा, पुस २२ ।  खिया लागेका हजारौं साइकलको चाँङ । खिया लागेर प्रयोग गर्नै नसकिने बनेका ५÷७ वटा ट्रयाक्टर, ४÷५ वटा पिक–अप र २ वटा

बढ्दैछ कन्यामको सडक

इलाम पुस १६ । इलामको कन्यामस्थित मेची राजमार्गको कन्याम खण्डमा सूर्योदय नगरपालिकाको अगुवाइमा १५ मिटर कायम गर्न सुरु गरिएको छ । नगरपालिकाले डिभिजन

क्रिसमस डे मनाईंदै, आज सार्वजनिक बिदा

झापा पुष १० । इसाई धर्मावलम्बीले सोमबार डिसेम्बर २५ का दिन क्रिसमस डे मनाउँदैछन् । इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सवको अवसरमा डिसेम्बर