अदालतको झमेलाले काठ र सवारी सड्दै

केपी अधिकारी
झापा, पुस २२ । 

खिया लागेका हजारौं साइकलको चाँङ । खिया लागेर प्रयोग गर्नै नसकिने बनेका ५÷७ वटा ट्रयाक्टर, ४÷५ वटा पिक–अप र २ वटा ट्रक । तिनै गाडिका वरिपरि राखिएका छन्, चिरान काठका ठुला–ठुला हार । केहि काठ भर्खरै काटिएका छन् । केहि असाध्यै पुराना । 

बर्षौ देखी घाम र पानीले सेक्ने र कुट्ने भएकाले न गाडि चलाउन सकिने छन् । न त काठ नै अब प्रयोग गर्न मिल्ने छन् । यो दृश्य हो, झापा र इलामको सिमावर्ती क्षेत्र सुखानीमा रहेको दक्षिणी सेक्टर वन कार्यालय परिषरको । सशस्त्र द्धन्द पछि २०६४ सालमा पुनःस्थापित यस कार्यालयले चोरी तस्करीमा प्रयोग भएका सवारी र काठ बरामद गरेर कार्यालय परिषरमा राखेको छ । बितेका दश बर्षमा बरामद गरिएको काठ र नियन्त्रणमा लिइएका सवारीलाई समयमै लिलामी गर्न सकेको भए सरकारको खातामा करोडौंको राजश्व जम्मा हुने थियो । तर, समयमा यो काम नहुँदा त्यहाँ रहेका सवारी र काठ दुवै सड्न थालेका छन् ।

कार्यालय नजिकको बाटो हुँदै दैनिक हजारौं मानिस आवत जावत गर्छन् । अधिकांशले सोच्ने गर्छन्, ‘यतिका गाडि र काठ किन कुहाएको होला’ । अदालतको लामो कानुनी प्रक्रियाका कारण अवैध चोरी पैठारीका काठ बरामद भए पनि कार्यालयले समयमै लिलामी गर्न नसक्दा हरेक बर्ष बरामद गरिएका काठ र नियन्त्रणमा लिइएका सवारी कार्यालय परिषरमा सड्ने गरेको कार्यालयका सहायक वन अधिकृत रितेश भुषण बस्नेतले बताए ।  

‘वेवारिसे काठ लिलाम भइरहेको पनि छ, मुद्या पक्रिया चाहीँ लामो छ, अदालतमा धेरै समय लाग्छ, मुद्या पैmसला नहुँदा सम्म लिलामी गर्न मिल्दैन’ सहायक वन अधिकृत बस्नेतले भने, ‘पक्राउ परि सक्दा लिलामी गरेर रकम धरौटी खातामा राखिदिने, पछि उसले मुद्या जित्यो भने पैसा उसलाई दिने, मुद्या हारे त्यो पैसा सरकारको राजश्व खातामा जम्मा गर्ने निती आवश्यक छ ।’  

नियन्त्रणमा लिइएका सवारी भने लिलामी गर्दा पुन गलत कार्यमा नै प्रयोग हुनसक्ने उनले बताए । ‘गाडीको लिलामी गर्दा अहिले कै गाडी धनीले लिलाम सकार गर्छन्’ उनले भने, ‘तिमीलाई दिन्न, तिमीलाई दिन्छु भन्न पाइदैन, जसले बढी पैसा हाल्छ त्यसलाई नै दिनु प¥र्यो, फेरी लग्यो यस्तैमा चलायो,  बरु यतिकै रहँदा त, २÷४ हजारको लोभमा यत्रो गाडी डुब्छ भनेर डराउँछ की ?’ 

नजिकै रहेको एउटा ट्रयाक्टर देखाउँदै बस्नेतले थपे, ‘यो ट्रयाक्टरलाई १६÷१७ पटकको प्रयासमा पक्राउ गरियो, यसले एक पटकमा १० हजार नाफा कमायो होला तर जाँदा त १६÷१८ लाखको गयो, मेरो ट्रयाक्टरले दुक्की गरेकोमा मलाई खोजिराको छ भन्ने यसको मालिकलाई थाहा थियो, तर पक्राउ नपरुन्जेल काठ तस्करीमै गाडी प्रयोग भयो, अब उस्ले नयाँ किनेर यो काममा चलाउँदैन कि जस्तो लाग्छ ।’ 
बस्नेतले सवारी लिलाम गर्दा अञ्चल सारेर गर्न सकिने तर्क गरे । ‘राज्यको आम्दानी हो जता बाट भए पनि एउटै खातामा जान्छ’ उनले भने, ‘जिल्ला वन मोरङले यहाँको गाडी लिलाम गररे मेचीमा आउन नपाउने खालको कानुनी व्यवस्था भए केही निरुत्साहित हुन्थिए की ?’ 

आर्थिक बर्ष ०७३÷०७४ मा १६ वटा मुद्या दायर गरिएको दक्षिणी सेक्टर वन कार्यालयले जनाएको छ । त्यस आर्थिक बर्षमा ३१ जना पक्राउ परेको र ३४ जना फरार रहेको कार्यालयको तथ्यांक छ । आर्थिक बर्ष ०७३÷०७४ मा मात्र १ हजार ६१ थान काठ बरामद भएको कार्यालयले जनाएको छ । जसमा १ हजार ७ सय ४५ दशमलव ९६ किवी काठ रहेको छ । 

खास गरि दक्षिणी इलामको चुलाचुली क्षेत्रमा काठ धेरै चोरी हुने गरेको छ । ‘विर्तामोड, अर्जुनधारा, बुधबारे लगायत क्षेत्रमा इलाम र झापा बाट प्राय वैधानिक नै जान्छ, बस्नेतले भने, ‘दमक ठुलो बजार छ,   दमकको नजिक वन छैन अनि त्यता तिर चोरी धेरै हुन्छ ।’ अहिले माइनगरपालिकामा रहेको कार्यालयमा ६ जना सहायक वन रक्षक, १ जना वन रक्षक, २ जना अधिकृत र एक जना सुब्बा कार्यरत छन् । यसै अन्तर्गत रहेको चुलाचुली वन कार्यालयमा ११ जना सहायक वन रक्षक, १ जना फरेष्टर, २ जना वन रक्षक, १ जना अधिकृत रहेका छन् । ३३ जना सहायक वन रक्षकको दरवन्दी भए पनि अहिले १७ जना मात्र रहेको बस्नेतले बताए ।

काठ चोरी तस्करीमा प्राय स्कुले विद्यार्थीको प्रयोग हुने गरेको उनको भनाई छ । ‘महिला चाहीँ छैन, सुनेकै छैन’ बस्नेतले थपे, ‘चुलाचुली र रतुवा तिर ९÷१० कक्षामा पढ्ने केटाहरु बढी संलग्न छन्, १÷२ पाउँने लोभमा १८÷२० बर्षकाले साइकल घिस्याउने काम गर्छन् ।’

काठ तस्करहरले ढुङ्गा, बालुवा, केरा लगायत अन्य भारीले छोपेर झापा तर्पm काठ ल्याउने गरेका छन् । साथै साइकल मोडिफाइ गर्ने देखी भारत बाट गाडी चोरेर तस्करीमा प्रयोग गर्ने गरेको पनि पाइन्छ । भारत बाट चोरि गरेर गण्डकी अञ्चलको फर्जी नम्बर राखी काठ चोरी तस्करी गरिरहेको अवस्थामा एउटा पिक–अप भ्यानलाई कार्यालयले केही समय अघि नियन्त्रणमा लिएको छ । 

विषेश गरि रातीको समय र बाढी आएको बेला तस्कर सक्रिय हुने गरेका छन । ‘राती तस्करी बेसी हुन्छ, अझ बर्षाको समयमा प्राय बाढी आउँछ’, बस्नेतले भने, खोला बढेपछि हामी छेकिन्छौं, तस्करलाई त्यहि बेला मौका हुन्छ ।’ 


 

प्रतिकृया दिनुहोस

झापामा चिसोले जनजीवन कष्टकर

झापा पुस २२ । शनिबार देखी झापामा ह्वात्तै चिसो बढेको छ । चिसो बढेसँगै यहाँको जनजिवन नराम्ररी प्रभावित भएको छ । शुक्रबार दिउँसो घाम लागेको झापामा

बढ्दैछ कन्यामको सडक

इलाम पुस १६ । इलामको कन्यामस्थित मेची राजमार्गको कन्याम खण्डमा सूर्योदय नगरपालिकाको अगुवाइमा १५ मिटर कायम गर्न सुरु गरिएको छ । नगरपालिकाले डिभिजन

क्रिसमस डे मनाईंदै, आज सार्वजनिक बिदा

झापा पुष १० । इसाई धर्मावलम्बीले सोमबार डिसेम्बर २५ का दिन क्रिसमस डे मनाउँदैछन् । इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सवको अवसरमा डिसेम्बर