गाउँपालिकाले कर बढाएको भन्दै हल्दिबारीमा आन्दोलन 

झापा, पुस १७ । हल्दिबारी गाउँपालिका कार्यालय झापाले कर तथा राजश्वमा वृद्धी गरेको भन्दै स्थानियवासी आन्दोलित भएका छन् । गाउँपालिकाले अस्वभाविक रुपमा करको दरमा वृद्धी गरेको भन्दै उनिहरु उपभोक्ता हकहित संरक्षण मञ्च गठन गरेर आन्दोलनमा होमिएका हुन् । 

आइतबार गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाउँदै मञ्चले बढाइएको कर तथा राजश्व अविलम्ब खारेज गरि पुरानै दर कायम गर्न माग गरेको छ । आर्थिक बर्ष ०७४÷०७५ को गाउँ परिषद् बाट स्वीकृत कर तथा राजश्व दर अवैज्ञानिक, अव्यवहारिक र दोहोरो असुली गर्ने किसिमको भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ग्रामिण भेगका किसान, मजदुर, व्यापारी, संघ संस्था तथा उपभोक्तालाई मार पर्ने गरी राजश्व दरमा वृद्धी भएको भन्दै मञ्चले घोर भर्तसना र विरोध जनाएको छ । मञ्चले ७ दिन भित्र आप्mना माग पुरा गर्न गाउँपालिका कार्यालयलाई अल्टिमेटम दिएको छ । साथै, वृद्धी भएका सबै करका दर खारेज गरेर पुरानै दर लागु नभए सम्म कुनै प्रकारका कर नबुझाउने चेतावनी पनि मञ्चले दिएको छ । 

ज्ञापन पत्र बुझाउनु अघि आयोजित कोण सभामा बोल्दै समाजसेवी रेवती रमण नेपालले महानगरपालिकामा लगाएको करको दरलाई दुरुस्तै सारिएको भन्दै आपत्ती प्रकट गरे । उनले २५ सय प्रतिशत सम्म कर वृद्धी भएको भन्दै त्यो अस्वभाविक रहेको बताए । ‘हिजो अस्ती सम्म १ सय ५० मा भएको कामका लागि आज भोली ३ हजार ७ सय राजस्व तिर्नु पर्छ, उनले भने, यो कहाँ बाट बनाइएको दर हो? गरिब जनताले कसरी तिर्ने ?’

हल्दिबारी ४ का याम चापागाँईले गत बर्ष घर धुरी कर वापत ६० रुपैयाँ तिरेको र यस बर्ष त्यहि शिर्षकमा ४ सय रुपैयाँ तिर्नुपरेको गुनासो पोखे । उपभोक्ता हकहित संरक्षण मञ्च हल्दिबारीका सचिव जित बहादुर राजवंशीले न्युन स्तरका जनतालाई वेवास्ता गरी करको दर बढाएको बताए । 

मञ्चका संयोजक मोहन चन्द्र रेग्मीले नेतृत्वले पिडा दिएको भन्दै जनताको ढाड भाँच्ने गरी कर बढाइएकाले सडकमा निस्कनु परेको जिकिर गरे । उनले आर्थिक बर्षको आधा समय गुज्रिए पछि वृद्धी गरिएको करको दर अबिलम्ब खारेज गर्न माग गरे । राता रात करको दरमा वृद्धी गरेर गाउँपालिकाले गैर जिम्मेवार चरित्र प्रदर्शन गरेको भन्दै उनले जनप्रतिनिधिहरुबाट भ्रष्टचार भइरहेको आरोप पनि लगाए । 

ज्ञापन पत्र बुभ्mदै गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले राज्यको निति अनुसार नै करको दरमा वृद्धी भएको बताए । उनले छलफलका माध्यम बाट समस्या समाधान गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । 
 

प्रतिकृया दिनुहोस

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो झापा मंसिर १९ । सुनचाँदीको भाउ आज मंगलबार घटेको छ । सुनको भाउ तोलामा १ सय रुपैयाँ र चाँदीको भाउ ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी

एक्सेल बैंकको नाफा १५ करोड माथी 

झापा मंसिर १८ । एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडले आ.व. ०७३।०७४ मा १५ करोड ४ लाख ४९ हजार रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ । यस वैंकको हाल सम्म लगानीमा

अब एक लाख रुपैयाँभन्दा बढी रेमिट्यान्स नगदमा भुक्तानी नहुने

झापा मंसिर १६ । रेमिट्यान्स कम्पनीले अब एक लाखसम्म मात्र नगदमा भुक्तानी गर्न पाउने भएका छन् ।  राष्ट्र बैंकले विदेशबाट आउने रेमिट्यान्स १ लाख