नमुना बन्यो कन्काई नहर

केपी अधिकारी,

झापा पुस १६ । कन्काई सिंचाइ व्यवस्थापन डिभिजन गैंडे झापामा प्रमुखको जिम्मेवारी सम्हाल्न २ बर्ष अघि विरेन्द्र प्रसाद यादव आए । कार्यभार सम्हाल्न आए लगतै उनले कन्काई नहर क्षेत्रको अवलोकन गर्ने योजना बनाए । धेरै ठाउँमा उनले किसानको गुनासो सुने । 
अझ, बैगुनधुरा गाविसको तल्लो क्षेत्रमा जाँदा उनलाई स्थानियले भनिदिए, ‘यहाँ नहरको काम छैन । नआउँनुस भनेर ।’ नभनुन् पनि कसरी? २०४८ सालमा निमार्ण सम्पन्न भएको उक्त नहर बाट तल्लो क्षेत्रमा त्यतिन्जेल पानी नै पुगेको थिएन । 
विस्तारै उनले योजनावद्ध ढंगले काम अघि बढाउँदै लगे र कन्काई सिंचाइ व्यवस्थापनमा फड्को मार्न भ्याए । उनकै पहलमा कन्काई नहर आप्mनो क्षेत्र भरी पानी पु¥याउन सफल नमुना नहर बनेको छ । कन्काई सिंचाइ प्रणाली मेची अञ्चलकै ठुलो सिंचाइ प्रणाली हो । 
यस नहर बाट धान खेती हुने ७ हजार हेक्टर र अन्य १ हजार हेक्टर गरि जम्मा ८ हजार हेक्टर क्षेत्रमा सिंचाइ सुविधा पुगेको छ । २ बर्ष अघि सम्म सबै क्षेत्रमा पानी पुग्दैन थियो । माथिल्लो क्षेत्रमा बढी खपद हने तथा चुहावटको समस्याले नहरको तल्लो क्षेत्र सम्म पानी पुगेकै थिएन ।  पछिल्ला २ बर्षमा संरचनागत सुधारका कामहरु भए । 
यस अघि सम्म मुहान क्षेत्रका किसानले आवश्यकता भन्दा बढी पानी चलाउने गरेका थिए । यस बिचमा हावा पानी बालिको वृद्धी र बालिको अवस्था हेरेर कती पानी चाहिने हो सिंचाइ डिभिजन कार्यालयले बाढफाँड पनि ग¥र्यो । 
धेरै सुख्खा समयमा आलो पालो प्रणाली  अपनाएर भए पनि सबै क्षेत्रमा पानी पु¥याउन सफल भयो कन्काई सिंचाइ व्यवस्थापन डिभिजन कार्यालय । नहरको तल्लो क्षेत्रमा पानी पुगेपछि त्यहाँको धान उत्पादनमा वृद्धी भएको छ । सस्तो लागतको सिँचाइ प्रणाली भएकाले उत्पादन लागत पनि घटेको किसानले बताए । 

बैगुन्धुराको १७ नम्बर शाखामा त्यहाँका किसानले पानीको आशै गरेका थिएनन् । अहिले मुहानमा भन्दा राम्रो पानी त्यहीका किसानले पाएका छन । ‘हामीले चुहावट भएको पानीलाई पनि रोकेका कारण यो सम्भव भयो’, ‘डिभिजन कार्यालयका प्रमुख विरेन्द्र प्रसाद यादवले भने, सिचाइ प्रभावकारी भए पछि समयमा पानी पुग्यो, समयमा खेती भयो, उत्पादन पनि बढेको छ ।’ अघिल्लो बर्ष ४ दशमलव ९ टन पर हेक्टर रहेको उत्पादकत्व यस बर्ष बढेर ५ दशमलव १२ टन पर हेक्टर पुगेको छ । नहरको निमार्ण कार्य २०२८ देखी ०४८ सम्म २ चरणमा भएको थियो । 
२०२८ देखी ०३८ सम्म पहिलो चरणमा ५ हजार हेक्टरको लागि र दोश्रो चरणमा २०३७ देखी ०४८ साल सम्म ३ हजार हेक्टर क्षेत्रका लागि नहर निर्माण गरिएको हो । त्यस बेला नहर निर्माणमा ३१ करोड रुपैयाँ खर्च भएको तथ्याँक कार्यालय संग छ । 
२०४८ साल पछि पनि हरेक बर्ष जसो मर्मतका कामहरु गर्नुपर्छ । राज्यले नहर निर्माणमा करोडौंको लगानी गरे पनि हिउँदको केहि समय यहाँका किसानले जग्गा बाँझो राख्ने गरेका छन् । ‘पानी प¥याप्त छ, यहाँका किसान हिउँदे बाली तर्पm आकर्षित छैनन् ।’, डिभिजन प्रमुख यादवले भने, ‘गर्नै मान्दैनन्, हामीले कति प्रयास गर्दा पनि उनिहरु बरु खेत खाली छोड्दिने गर्छन् ।’ 
७ हजार हेक्टर क्षेत्रमा हिउँदमा पानी पु¥याउन समस्या नभएको भन्दै यादवले किसानले जग्गा बाँझो नराखिदिए पानीको ग्यारेन्टी आफुहरुले गर्ने बताए । ‘अहिलेको पुष, माघ र फागुनमा प¥याप्त पानी हुन्छ तर किसानको खेत खाली ।’, यादवले भने, ‘अहिले ४० प्रतिशतले खेती गर्छन्,६० प्रतिशत खेल बाँझो छ, किसानले पानी नै माग्दैनन् ।’ 
आप्mनो खेत बाँझो राखेर खाद्यान्न आयात गर्नु परिरहेको प्रति उनले चिन्ता व्यक्त गरे । ‘कर्मचारी परिचालन गरेको छ नहरमा तलब दिनु प¥यो, त्यसमा खर्च धेरै छ ।’, उनले भने, ‘मुलुक बाट निर्यात कम छ, खाद्यान्न पनि आयात गर्नुपर्छ , जग्गा बाँझो नभए आयात घट्थ्यो, यसमा सरकारले नै केही निति बनाउने की’ । 
उपभोक्ताको लापरबाहीले नहरमा क्षति हुने गरेको भन्दै उनले गुनासो पोखे । ‘नहरमा दाल छर्ने, फोहोर फाल्ने गर्नाले मुसा लागेर पानी चुहावट हुने गर्छ, नहर तपाईहरु कै आप्mनो सम्पती हो, यसको सुरक्षा आपैm गर्न आग्रह गर्छु,’ उनले भने । 
कन्काई नहर मुख्य ३६ किलोमिटर, २२ वटा शाखा ७४ किलोमिटर तथा २ सय ७ वटा प्रशाखा १ सय १० किलोमिटर गरि जम्मा २ सय २० किलोमिटरमा पैmलिएको छ । मेची अञ्चलकै ठुलो यस नहरको मुहान बाट प्रतिसेकेण्ड १० हजार १ सय ५० लिटर नहरमा जाने क्षमता भए पनि आवश्यकता हेरेर प्रतिसेकेण्ड ७ हजार २ सय लिटर सम्म पानी छोड्ने गरिएको छ ।
 

प्रतिकृया दिनुहोस

उदयपुरगढीमा फैलियो खोरेत रोग, नियन्त्रणमा चुनौती

असोज २२, २०७५ उदयपुर : उदयपुरगढी गाउँपालिकामा पशुमा फैलिएको खोरेत रोगले किसानमा त्रास छाएको छ। खोरेलतले पशु मर्न र अर्कोमा सर्न थालेपछि किसानमा

भुक्तानी नपाएपछि उखु किसान आन्दोलित

सोज ११, २०७५ नवलपरासी : एक वर्ष बित्दा समेत भुक्तानी नपाएको उखु किसानहरुले आन्दोलनको चेतावनी दिएका छन्। चाडबाड नजिकिँदै जाँदा उखु बेचेको रकम चिनी मिल

१०० किलो बोका बेचे १० हजार अनुदान

असोज ९, २०७५ गुल्मी : नेपालमा कृषि र पशुपालनको माध्यमबाट आत्मनिर्भर बनाउन सकिने भन्दै जिल्लाको मालिका गाउँपालिकाले भारी अनुदानको व्यवस्था गरेको छ।