अपराधको नयाँ शैली, नाङ्गै पारेर लुट्ने प्रयास

झापा पुस १६ । झापाको अर्जुनधारा नगरपालिका ११ स्थित  गिरीबन्धु टि स्टेट भित्र महिलालाई नाङ्गेझार पारेर लुटपाटको प्रयास गर्ने  दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार इलाका प्रहरी कार्यालय अनारमनीले पत्रकार सम्मेलन आयोजना गरेर पक्राउ परेका दुई जनालाई  सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा अर्जुनधारा ९ का १७ बर्षिय विजय बहादुर मगर र सोही ठाउँका १७ बर्ष कै नाविन डाँगी रहेका छन । घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन् । उनको पनि पहिचान भएको र खोजीक कार्य तिव्र पारिएको प्रहरीले जनाएको छ । 

कसरी भयो घटना?

गत बिहिबार साइनोमा मित आमाका छोरा छोरी (दिदी भाई) पर्ने दुई जना इलाम बाट झापा आए । नाम परिवर्तन गरिएकी अन्दाजी ३५ बर्षिया पिडित महिला मित आमाको छोरा संग बिहिबार बिहान साढे ८ बजे विर्तामोड आइ पुगेकी थिइन ।

सोहि दिन उनिहरु झापा सुरुङ्गा सिमलबाढी स्थित मित आमालाई भेट्न जाने क्रममा दिउँसो साढे १ बजे गिरीबन्धु टि स्टेटमा खुकुरी समेत बोकेर आएका तीन जनाले उनिहरु चढेको मोटर साइकल रोके । खुकुरी सहित आएका उनिहरुले कुटपिट गरि डर त्रासमा पारेर पिडितहरुलाई जबरजस्ती टाँसिएको फोटो खिच्न भन्दै चुम्बन गरेको फोटो समेत खिच्न बाध्य पारेको प्रहरी अनुसन्धामा खुलेको छ ।

त्यस पछि ती तीनै जनाले पिडित महिलाको सबै कपडा जवरजस्ती खोलेर सम्बेदनशिल अंगमा हात लगाउनुका साथै करणी प्रयास गरेको तथा मोबाइल बाट त्यसको फोटो तथा भिडियो खिचेको प्रहरीले जनाएको छ । त्यस पछि पिडित महिलासंग भएको ४ हजार २ सय तथा भाईसंग रहेको ८ हजार रुपैया उनिहरुले लुटेका थिए । नग्न अवस्थाको भिडियो बनाएका उनिहरुले एक लाख रुपैंया माग गर्दै नदिए फेसबुक तथा अन्य सामाजिक सञ्जालमा अपलोड गरिदिने धम्की पनि दिएका थिए ।  

कसरी पक्राउ परे लुटेरा?

फोटो र भिडियो उपलोड गर्ने धम्की पछि ती दिदी भाईले आफुहरुसंग त्यत्रो पैसा नभएको बताए । बैंक बाट पैसा निकाल्नु पर्ने भनि उनिहरुले बताए पछि तीन जना मध्येका एकले भाईलाई जबरजस्ती गर्दै बैंक तर्पm लगे । महिला संग रहेका दुई जनाले महिलालाई अझ एकान्तमा लगेर पुर्णरुपमा नाङ्गो बनाएका थिए ।

बैंक तर्पm हिडेका भाइ भने भागेर प्रहरी काँहा पुगे । सोही समयमा खटिएको प्रहरीले घटना स्थल बाट महिलासंगै रहेका दुइ जनालाई पक्राउ गर्न सफल भयो ।

बैंक तर्पm हिँडेका लुटेरा मध्येका एक फरार रहेका छन् । पक्राउ परेका विरुद्ध जवरजस्ती करणी उद्योग र चोरीको मुद्या दर्ता गरीएको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस

आगलागीमा बृद्धको मृत्यु

फिदिम २१ पुस । आगलागीमा परी पाचथरको हिलिहाङ गाँउपालिका १ अमरपुरमा एक बृद्धको मृत्यू भएको छ । मृत्यू हुनेमा ८० बर्षीय नरबहादुर थुलुङ छन । घरमा एक्लै

सेफ्टी ट्याङ्कीमा एक युवक मृत अवस्थामा फेला

झापा मंसिर १५ । तेह्रथुमको आठराई गाउँपालिका–१, संक्रान्ति बजारमा निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । फेदाप

त्रिशुलीमा बस खस्यो, ६ जनाको मृत्यु 

झापा मंसिर १३ । काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेको बस बुधबार विहान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गमा पर्ने चितवनको फिस्लिङ र