फाल्गुनन्द गोल्डकपको फाइनल आज ः  दुबै टिम भन्छन्, खेल हामी जित्छौं 

फिदिम, पुस १६ । पाँचथरको फिदिमममा जारी नबौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । प्रतियोगिताको फाइनलमा पुगेका दुबै टिमले रणनैतिक ढंगबाट खेल प्रदर्शन गर्दै बिजेता बन्ने दाबी गरेका छन ।

पुर्बी पहाडकै सबैभन्दा ठुलो मानिने नवौं फाल्गुनन्द गोल्डकपको फाइनलमा सुनसरी ११ र मोरङ ११ बिच प्रतिश्पर्धा हुँदैछ । रणनैतिक ढंगबाट खेलेर दर्शकलाई मनोरञ्जन दिदै उपाधी जित्ने प्रतिश्पर्धी मध्ये सुनसरी ११ का प्रशिक्षक मनिष तिम्सिनाको दाबी छ । सुनसरीको प्रतिश्पर्धी मोरङ पनि नवौं रुस्लान फाल्गुनन्द गोल्डकपको उपाधी जितेरै छोड्ने ध्याउन्नमा छ ।

प्रशिक्षक श्याम मानन्धर आफुहरुले डिफेसिपसगै पोष्ट चार्जको तालमेल मिलाउदै खेल जित्ने दाबी गर्छन । 
आयोजक फिदिम स्पोर्टिङ क्लबले फाइनलको पुर्व सन्ध्यामा पत्रकार सम्मेलन गर्दै फाल्गुनन्द गोल्डकपको नवौं सस्करण बिगतका वर्षहरु भन्दा व्यवस्थित ढंगबाट सफल भएको दाबी गरेको छ ।

दैनिक ५ हजारका दरले हालसम्म ४० हजार दर्शकले यो खेल हेरिसकेको पनि आयोजक बताँउछ ।
दर्शकहरु पनि यो बर्षको फाल्गुनन्द गोल्डकपबाट आफुहरु सन्तुष्ट भएको प्रतिकृया दिन्छन । दुबै टिमको खेल उत्कृष्ठ रहेकाले कस्ले जित्ला भनेर यकिन गर्न नसकिने अधिकांश दर्शकको भनाई छ । यो वर्ष फाल्गुनन्द गोल्डकपको बिजेताले ३ लाख,उप विजेताले २ लाख नगद सगै ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।
 

प्रतिकृया दिनुहोस

एसेज इग्ल्याण्डका लागि विर्सनलायक, अष्ट्रेलिया ४–० ले विजयी

झापा, पुस २४ । अष्ट्रेलियासँगको प्रतिष्ठित क्रिकेट शृङ्खलाको यसपटकको संस्करण इंग्ल्याण्डका लागि विर्सनलायक बनेको छ । अष्ट्रेलियासँग शृङ्खला

भारतद्धारा सिरिज कब्जा

झापा, पुष ३ । प्रारम्भिक ब्याट्सम्यान शिखर धवनले आकर्षक रूपमा शतक बनाएपछि श्रीलंकाविरुद्ध वान–डे इन्टरनेसनल सिरिजको निर्णायक खेलमा आइतबार भारतले

विराटनगर वारियर्समा हङकङका स्टार

झापा, पुष ३ । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विराटनगर वारियर्सले हङकङका स्टार ब्याट्सम्यानद्वय अनुस्मन रथ र बाबर