बढ्दैछ कन्यामको सडक

इलाम पुस १६ । इलामको कन्यामस्थित मेची राजमार्गको कन्याम खण्डमा सूर्योदय नगरपालिकाको अगुवाइमा १५ मिटर कायम गर्न सुरु गरिएको छ । नगरपालिकाले डिभिजन सडक कार्यालय इलाम र नापी कार्यालयका प्राविधिककको सहयोगमा मेची राजमार्गको हर्कटेबाट पालटांगेसम्म चारकिलो मिटर क्षेत्रमा सडकको दायाँ बायाँ सडक ऐन अनुसारको बनाउन शुरु गरिएको हो ।

मुख्य सडक अतिक्रमण समस्या समाधान समितिका संयोजक शिव बस्नेतले पर्यटकीय क्षेत्र कन्यामको सुन्दरतामा नयाँ रौनक थप्नका लागि पहिलो चरणमा सडक विस्तारको लागि ट्यागीङ शुरु गरेको बताउनु भयो । नगरपालिकाले बाटो वढाउन लागेको सो क्षेत्र नेपाल चिया विकास निगम अन्र्तगतको संघाई समुहलाई ठेक्कामा दिएको कन्याम चिया बगानको क्षेत्रमा पर्दछ ।

सडकको क्षेत्र छुट्याइसके पछि चियाका बुट्टा काट्न शुरु गर्ने र तत्काल सडक क्षेत्रलाई खन्ने काम शुरु गरिने बस्नेतले जानकारी दिनुभयो । कन्याम क्षेत्रमा सडक विस्तार गर्दा सडक पेटीमा रहेका कतीपय पसलहरु पनि हट्ने देखिएको नापी कार्यालय इलामका सर्वेक्षक मनोज कुमार यादवले जानकारी दिनुभयो ।सडक अतिक्रमण गरेर बसेको सो क्षेत्रका घरहरु भत्किने र विभिन्न स्थानमा सडकको लगत कट्टा गरिएपनि कतिपयले लगतकट्टा समेत नगरेकाले त्यो सबै क्षेत्रमा सडक कायम गरिने साहले बताउनु भयो । 

सडक ऐन २०३१ अनुसार मेची राजमार्ग विस्तार गर्नका लागी अतिक्रमण गरिएका क्षेत्रमा पर्ने संरचनाहरु हटाइने डिभिजन सडक कार्यालय इलामका प्रमुख खडगप्रसाद श्रेष्ठले बताउनु भयो । सार्वजनिक सडक ऐन कार्यान्वयन गर्ने काम डिभिजनको भएकाले सडकलाई १५ मिटरको बनाउनका लागी नगरपालिकासंग सहकार्यमा अघि बढाइएको बताइएको छ । 

प्रतिकृया दिनुहोस

झापामा चिसोले जनजीवन कष्टकर

झापा पुस २२ । शनिबार देखी झापामा ह्वात्तै चिसो बढेको छ । चिसो बढेसँगै यहाँको जनजिवन नराम्ररी प्रभावित भएको छ । शुक्रबार दिउँसो घाम लागेको झापामा

अदालतको झमेलाले काठ र सवारी सड्दै

केपी अधिकारी झापा, पुस २२ ।  खिया लागेका हजारौं साइकलको चाँङ । खिया लागेर प्रयोग गर्नै नसकिने बनेका ५÷७ वटा ट्रयाक्टर, ४÷५ वटा पिक–अप र २ वटा

क्रिसमस डे मनाईंदै, आज सार्वजनिक बिदा

झापा पुष १० । इसाई धर्मावलम्बीले सोमबार डिसेम्बर २५ का दिन क्रिसमस डे मनाउँदैछन् । इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सवको अवसरमा डिसेम्बर